कार्तिक २७, काठमाडौँ–
गत २४ घन्टामा १० हजार २२ जनाको परीक्षण गर्दा १९ सय १३ जनामा नयाँ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वाजनिक गरेको अध्यावधि विवरण अनुसार यो नतिजा आएको हो। यो संगै आज नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको हो भने कुल १५ लाख ८४ हजार ३ सय १७ जनाको पिसिआर परिक्षण गरि सकिएको छ।
गत २४ घण्टामा थप २ हजार ३ सय ४९ जना निको भएका छन्। यो संगै नेपालमा १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ (१८.८%) रहेको छ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्यामा कमि आएको छ ,हाल ९ सय ७४ जना क्वारेनटाइनमा रहेका हुन्। गत २४ घन्टामा थप १५ जनाको नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार १ सय ८९ जनाले ज्यान गुमाएका छन्
प्रतिक्रिया