बन्ने भयो नेपाल कै ठूलो क्रिकेट रंगशाला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्माणाधीन रंगशालाको डिजाइन तस्विर: साभार

जय यादव।
कार्तिक,बुटवल। लामो समय स्थानीय प्रतियोगितामा सिमित देश कै ठूलो क्रिकेट रंगशाला अब राष्ट्रिय स्तरको बन्ने भएको छ।
नेपाल कै ठुलो क्रिकेट रंगशाला बन्ने भएको छ। बुटवलको रुपन्देहीमा नेपाल कै ठुलो क्रिकेट रंगशाला बन्ने पक्का भएको हो।
”दुई वर्ष देखि रंगशाला सम्भार गर्दै आएको आएको नगरपालिकाले यस अघि नै पिच ,कम्पाउण्ड पर्खाल , घाँस काट्ने,पानि निकासा जस्ता काम गर्दै आएको”,कार्कीले भन्नु भयो। ”गौतम वुद्धको जन्मस्थलबाट १२ किलोमिटरको दुरीमा पर्ने भएकोले यसको नाम गौतम वुद्ध नै राखिएको
शैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले घामछायाँ संगको फोन सम्पर्कमा बताउनु भयो।

उहाँका अनुसार ,गत वर्ष मैदानको लागि ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र ड्रेसिङ रुम निमार्ण गरेको छ भने यस वर्ष थप १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डीपीआर बनाएको छ । डीपीआर तयार गर्न करिब ६ महिनाको स्थलगत अध्ययनगर्नु परेको हो। रंगशाला निर्माण गर्न २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको छ।

स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग र समन्वयमा रंगशाला निर्माण सम्पन्न गरिने छ। खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्य
लिईएको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनु भयो।

”निर्माण हुने क्रिकेट रंगशालाले १५ बिघा भूभाग अगोटेको छ। रंगशालाको क्षेत्रफल ९४ हजार ८ सय १७ वर्गमिटर रहेको छ। उक्त रंगशालाको ९० यार्डको रहेको, ”,उहाँको भनाइ छ।