कोरोनाको सकसबीच तिहारको रसरंग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मान्छेको समाज सम्पूर्ण रुपमा कोरोनासँग जुधिरहेको बेला रंगहरुको रसिलो पर्व तिहार आजदेखि दैलोमा आइपुगेको छ। । खडेरीमा पनि फूलहरु फुल्न विर्सन्न भने जस्तै यो बेला पनि तिहार त आयो नै । भलै बजारको भिड भाड, रौनक र जमघट यो तिहार गत वर्षको तिहारको तुलानमा निकै मलिन लाग्छ ।

जसरी दसैं घर भित्र मनाइयो, त्यसै गरी तिहार पनि घर भित्रै मनाउन सरकारले नागरिकहरुलाई भनिसक्यो, देउसी भैलो नखेल, तिहारका नाममा हुने अनेक जमघट बन्द गर अनि धेरै टाढा गएर टिका टालो नगर बरु नजिककै दाजुभाई वा दिदी बहिनीकहाँ जाँदा पनि सुरक्षा मापदण्ड अपनाएर मात्र जाऊ ।

यो पटक जसरी दशैंमा घर आउन कतिले पाएनन्, तिहारमा पनि दाजुभाई वा दिदिबहीनीको मिलन विना नै वित्दैछ धरैको ।
यस्तो परिस्थितिमा पनि थोरै वा साना खुसीहरु एक आपसमा साटने मौका दिने पर्व हो तिहार । यो पावन अवसरमा घामछायाँ डटकम तमाम पाठक वर्गसँग यो सामग्रीका साथ शुभदीपावली २०७७को शुभकानाका साथ यो आलेख प्रस्तुत गर्दछ, ।।।।


जम्मा जम्मी पाँच दिनको यो चाडले धेरै थोक समेटछ, भाई देखि गाइसम्म, कुकुरदेखि गोवर्धन पहाडसम्म लक्ष्मीदेखि दिदि बहिनीसम्म ।
वर्षका अरु दिन आआफ्नै जीवन बाँचिरहेका एकै आमाका सन्तानहरूलाई हार्दिकतासहित एकै ठाउँमा ल्याउने दिन यसपटक कात्तिक १२ गते मगंलबार परेको छ। जसका सहोदर दाजुभाइ छैनन् उनीहरूसमेत कुनै न कुनै रूपमा भाइटीकामा सामेल हुँदैछन्। आफू अनकूलको ठाउँमा आआफ्नै गच्छअनुसारका सामग्री प्रयोग गरेर ।

आखाँभरि रौनक र मनभरि प्रश्नै प्रश्न

अहिलेका स्मार्ट पुस्ता अनेकौं प्रश्न मनमा राखेर चाडबाडमा सहभागी हुन्छन्। तिहारमा पूजा गरिने प्राणीहरूको महत्व अहिलेका युवाको जीवनबाट ओझेल पर्दै जान थालेका कारण त्यो पूजाको महत्व र जोडिएका सन्दर्भसँग अनभिज्ञ हुनेको संख्या बढदो छ । यीलगायत तिहारका प्रत्येक पक्ष र विधिबारे युवापुस्ताको मनमा उठ्ने प्रश्नको जबाफ दिने आधिकारिक थलो भेटिएको छैन ।

संचारमाध्यममा गहन अध्ययनबिना आएका कतिपय कुराले उनीहरूलाई गलत बुझाउनसक्ने खतरासमेत छ । मानवसभ्यताले विकास गरेका यस्ता चाडपर्वमा सुरुको तुलनामा कयौं परिवर्तन आएका छन्। र कति कुरा अझै परिवर्तित हुँदैछन्। ‘कति कुरा ग्रन्थमा छन, कति किंवदन्ती हुन् र कति समाज विकासका क्रममा थपिएका पक्ष हुन् भन्ने कुरा अहिलेको पुस्ताले बुझ्दैन र बुझाइँदैन पनि’, संस्कृतिविद दिनेशराज पन्त भन्छन्। अहिलेका युवा लगभव सबै जसोले बाबुबाजेले यसै गर्थे, बाले यसै भन्थे, किन भन्ने चाहिँ थाहा छैन’, भन्ने जबाफ चित्त बुझाउनु पर्ने स्थिति छ ।

वर्षभरिका तीन सय ६५ दिनमध्येका पाँच दिन किन महत्वपूर्ण हुन् ? प्रत्येक १५ दिनमा एक पटक आइरहने पाँच वटा तिथिमध्ये कात्तिक कृष्ण शुक्लका यि तिथिहरू किन विशेष ? महिलाका लागि किन विशेष पर्व बन्यो तिहार ? सप्तरंगी टीका, मसला र मेवा मिष्ठानको अर्थ के हो ? भाइटीकामा किन असंख्य खाद्य पदार्थमध्ये ओखरले, फलमध्ये बिमिरोले र फूलमध्ये मखमलीले त्यति धेरै महत्व पाए ? यस्ता प्रश्नहरूको उत्तर खोजिरहेका पछिल्लो पुस्ताका दाजुबहिनी ‘बाबुबाजेले त्यसै गर्थे भन्ने जबाफले चित्त बुझाउन सकिरहेका छैनन्। गाई, गोरु, कुकुर र कागलाई पुज्नुको व्यवहारिक प्रयोजन अनुमान गर्न सकिए पनि गोवर्धन पर्वत पूजाको प्रसंग धेरैलाई थाहा छैन।

 

आज कागपूजा


यमका सन्देशवाहकको रुपमा लिइने कागलाई सर्वप्रथम पूजा गरी तिनलाई सन्तुष्टपार्नु गृहस्थ जीवनकै जरुरी कार्य मानिन्छ। संस्कृतिको निद्र्दिष्ट सिद्धान्त अनुसार मानिसले सर्वप्रथम दुष्टको पुजा उपासन गर्नुपर्दछ र त्यसको अनन्तर मात्र अन्य सज्जन प्राणी पूजा गर्नुपर्ने मानिन्छ ।
“यिनै निद्दिृष्ट सिद्धान्तको परिपालनगर्ने क्रममा यमपञ्चकमा दष्टको प्रतीकरुपमा मानिने कागलाई सर्वप्रथम पूजापासना गरिने परम्परा चलेको देखिन्छ ।” संस्कृतिविद् हरिराम जोशी नेपालका चाडपर्वमा उल्लेख गरेको पाइन्छ । त्यसैगरी दुष्टको रुपमा कागलाई मानेता पनि कतिपय राम्रा गुणहरु मनुष्यले ज्ञानको रुपमा सिक्नु पर्ने उल्लेख गरेको पाइन्छ । “कागमा निहित गुणहरु , गोप्य दाम्पत्य जीवन बिताउने, प्रमादी नहुने, बाठो अनि सारा आफन्तहरुसँग एक गठ भएर रहने जस्ता कुराहरु रहेको छ । ”

 

 

 

बहिनीको घरमा दाजु

संस्कृतिविद् प्राडा मुकुन्दराज अर्यालका अनुसार अनुसार यो पर्व दिदीबहिनीको घरमा दाजुभाइ पुग्ने दिन हो। त्यो पनि दिदीबहिनीले बोलाएर व्यावहारिक सहजताका लागि कतिपय महिलाका लागि माइत जान पाउने अवसरसमेत बन्ने गरेको त्यो दिनको मौलिक पक्ष भने दाजु यमराज बहिनी यमुनाको घरमा पुग्नुसँग गाँसिएको छ । धर्माधिकारी देवता मानिएका यमराज अहिलेको कामकाजी मानव जत्तिकै व्यस्त हुन्थे । अत्याधिक व्यस्त दाजुलाई यमुनाले पाँच दिनका लागि छुट्टी लिएर आउन अनुरोध गरिन्। त्यसैअनुसार यमराज बहिनीका घरमा पुगे। यमुनाले त्यो मौसममा पाइएका विविध सामग्रीले उनको स्वागत गरिन्। आफूले सकेको मीठो मसिनो खुवाइन्। यमुनाले प्रयोग गरेका विविध सामग्री र त्यही मीठा खानेकुरा अहिलेको मानव समाजमा सप्तरंगी टीका, मखमली माला र मसलाका रूपमा प्रयोग भएका हुन्।

दाजुभाइसँग बिछोड नहोस्

भाइटीकाको मूल सांस्कृतिक मर्म दाजुभाइ र दिदीबहिनीले एकअर्काको दीर्घायुको कामना गर्नु नै भएको बताउँछन् , संस्कृतिविद् अर्याल। त्यसैका लागि भाइपूजाको सुरुमा पुराणका चीरञ्जीवी पात्रहरू व्यास, पर्शुराम, अश्वत्थामा कृपाचार्य, बलि, हनुमान, विभिषण र मार्कन्डेयको पूजा गरिन्छ। त्यतिमात्र होइन प्रयोग गरिने सबै वस्तु मानिसको दीर्घायुसँग जोडिएका छन्। त्यसमा पनि यमुना र यमराजकै भेटको प्रसंग आउँछ, बहिनीले भेटेसम्मका राम्रा सामग्रीले स्वागत गरेपछि यमराजले दक्षिणा माग्न भने।

‘सकेसम्म दिदीबहिनीको नखानु र खाएको दिन आफ्ना तर्फबाट पनि केही दिनू’ भन्ने धार्मिक मान्यताअनुसार यमराजले यसो भनेपछि जबाफमा यमुनाले आफ्ना लागि नभई मानवजातिकै लागि हुने गरी दक्षिणा मागिन्। उनले भनिन् ‘मैले कतिपय दिदीबहिनीहरू आफ्ना जवान दाजुभाइको मृत शरीर अगाडि बसेर रोइरहेको देखेकी छु । अब त्यस्तो देख्न नपरोस’्। त्यसपछि यमराजले मृत्यु सबै मानवका लागि सार्वकालिक सत्य भएको बताउँदै भने, ‘कोहि पनि अमर बन्न सक्दैन। तर, आजको दिन दिदीबहिनीले टीका लगाउँदा हालेको तेलको घेरोभित्र र लगाइदिएको माला नओइलासम्म मेरा दूतहरूले उठाउने छैनन्।’
यही पौराणिक प्रसंगअनुसार कहिल्यै नसुक्ने तेल र पानीको घेरा तथा कहिल्यै नओइलाउने मखमली फूलको माला प्रयोग गर्न थालिएको हो। त्यसबाहेक कुनै ग्रन्थमा प्रयोग गरिएका फलमा टुसा नउम्रेसम्म भन्ने सर्तसमेत यमुनाले राखेको उल्लेख छ। त्यसैकारण लक्ष्मीपूजाको दिन धनको अधिपति कुबेरको प्रतीक मानि पूजा गरिने बिमिरोलाई भाइटीकाको दिन छुट्टै रूपमा पूजा हुन्छ। फुटाइएको हाडे ओखरमा समेत कहिल्यै टुसा नपलाउने भएका कारण त्यसको प्रयोग गरिएको हो।

त्यसदिन लगाइने टीकालाई सप्तरंगी टीका भनिए पनि मुख्य रूपमा पाँच रङको प्रयोग हुन्छ। सबै पाँच रङले मानव जीवनका उज्याला पक्षहरूको प्रतिनिधित्व गर्छन्। पद्म पुराणका अनुसार रातोले मंगल, सेतोले स्वच्छता र शान्ति, पहेँलोले दीर्घजीवन, नीलोले सुस्वास्थ्य र हरियोले बौद्धिकताको प्रतिनिधित्व गर्छन्।

पूजा दिदीबहिनीको पनि
भाइटीका नाम पाएको पर्व भए पनि तिहारमा दिदीबहिनीलाई पनि दाजुभाइहरूले उत्तिकै श्रद्धाका र स्नेहका साथ पूजा गर्नुपर्ने बताउँछिन् त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभाग प्रमुख प्राध्यापक डा .वीणा पौड्याल। दाजुभाइलाई टीका लगाइदिएपछि दिदीबहिनीलाई टीका र दक्षिणा दिने मात्र होइन। त्यसअघि यमुना र उनकी परिचारिकाको समेत पूजा गर्नुपर्ने विधि रहेकोले यो पर्व ‘बहिनीपूजा’समेत भएको डा .पौड्याल बताउँछिन्।

‘बली राजाले पठा’को’
पन्तका अनुसार अहिलेसम्म अनुमानकै भरमा बोल्नु परेको छ । नेपालीहरूलाई अहिलेसम्म पनि घर–घरमा देउसी भैलो खेल्न पठाइरहेका ‘बली राजा’ वास्तवमा को थिए ? र किन उनले तिहारबीचका दुई दिन देउसी भैलो खेल्न पठाए ? सिंजा शासक मानिने बली राजा र उनका दरबारको अवशेष जुम्लामा भेटिन्छ की ? यम पंचक भित्र नेपाली मौलिक परम्पराका रूपमा रहेको देउसी भैलोसँग जोडिएका यि विषय किम्वदन्ती हुन ? वा यसको प्रमाण भेटेर सारा नेपाली र बिश्वसामु देउसी भैलोको ऐतिहासिकता देखाउन सकिन्छ ?

प्रकृति पूजा

तिहारमा मानवसम्बद्ध जनावर मात्र होइन प्रकृतिको पनि पूजा हुन्छ। मानवले आफ्नो जीवनस्रोत्का रूपमा उपभोग गर्दै आइरहेको पहाड वा जंगलप्रतिको कृतज्ञतालाई गोबर्धन पूजामार्फत प्रतिकात्मक रूपमा व्यक्त गर्ने दिन पनि हो तिहार।
श्रीमद्भागवत महापूराणका अनुसार यसरी गोबर्धन पहाड मार्फत प्रकृति पूजा गर्ने चलनको सुरुवात कृष्णले गरेका हुन्। गोकुलमा उनलाई पालन पोषण गर्ने नन्द एक किसान थिए। उनका घरमा एक दिन पूजा सामग्री तयार गरिँदै थियो सामान्य भन्दा केही विशेष तयारी गरिएको देखेपछि कृष्णले नन्दलाई कसको पूजा गरिन लागिएको हो र त्यसको कारणसमेत सोधे। नन्दले जवाफ दिँदै भने, हामी किसानलाई आवश्यक वर्षा गराउने काम देवराज इन्द्रले गर्छन्। उनले त्यसो नगरे अन्न उब्जिदैन र हामी बाँच्न सक्दैनौं। त्यसैले अघिल्ला वर्षहरू जस्तै यसपटक पनि उनको पूजाको तयारी गरिएको हो।
नन्दको जवाफ सुनेपछि कृष्णले धेरै टाढा आकाशमा रहेका इन्द्रको पूजा गर्न आवश्यक नभएको बताए। त्यसको साटो गोकुल नजिक रहेको गोबर्धन पर्वतको पूजा गर्नु पर्ने तर्क राखे। गोबर्धनले हामीलाई घाँस, दाउरा पानी लगायतका सबै चिज दिन्छन्’ , त्यसैले यही सामग्रीले उनको पूजा गरौं’। सुरुमा नमानेका नन्द लगायतका मानिसलाई कृष्णले अनेक तर्क दिएर मनाए। त्यसपछि इन्द्रलाई पूजा गर्न छुट्याइएको सामग्रीले गोबर्धनको पूजा गरियो। त्यो थाहा पाएपछि अत्यन्त क्रोधित हुन पुगेका इन्द्रले गोकुलमा भारी वर्षा गराए। त्यसपछि आएको बाढीबाट जोगाउन कृष्णले त्यही गोबर्धन पर्वतलाई उचालेर गोकुलबासी तथा तिनका गाइवस्तुलाई सुरक्षित गरेका थिए। त्यसैलाई सम्झँदै तिहारमा गोबरको पहाड तयार गरी पूजा गरिन्छ।

  • रातो —मंगल,  सेतो ––स्वच्छता र शान्ति,  पहेँलो— दीर्घजीवन, नीलो —सुस्वास्थ्य, हरियो —बौद्धिकता
    श्रोत ः पद्म पुराण

 

 

 

 

 

 

मखमली


यमराजको वरदान यमुनालाई— ‘तिहारको दिन लगाइएको माला (मखमली) नओइलाएसम्म मेरा दूतहरूले उठाउने छैनन्। ’
वैज्ञानिक नाम — गोमफेरेना गोवोसा
नेपालमा कहिले देखि आयो भन्ने थाह छैन। १९५७ सालमा जंगबहादुरले बेलायतलाई दिएका उपहारहरूमा यो फूल पनि रहेको इतिहासकार त्रिरत्न मान्धरले नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासद्वारा प्रकाशित एक जर्नलमा उल्लेख गरेका छन्।
बजार मूल्य

सयपत्री

प्रकार
थुंगे——-(टाजेक्टस् इरेक्टा
कुकुरलाई लगाइदिने ——-टाजेक्टस् पाटुला,
ससाना थुंगा — ——-टाइजेक्टस् माइनुटा
क्यात्तुके प्रकारको ——-टिनुइफोलिया
झ्याल ढोका सजावट
झन्डै डेढ करोड थुंगा भारतबाट आयात हुँदै
यसपटक झन्डै ५० लाख माला
गत वर्ष झन्डै तीन लाख थान माला विक्रि

 

 

बिमिरो

वैज्ञानिक नाम सिट्रसमेडिका
औधि अमिलो र तिहारमा सर्वाधिक विक्रि हुने फल
फल खाँदा वर्षौं ज्वरो नआएको मानिसलाई समेत ज्वरो आउने विश्वास कतै लक्ष्मी पूजा गर्दा कुबेर
भाइटीकाअघि यमराजका रूपमा पूजा ।
खाद्यपदार्थका हिसाबले कम प्रयोग
आयुर्वेदमा भने औषधिका रूपमा प्रयोग
यमराजको गुण मानिसमा नसरोस् भन्नका लागि पुरा काँडा भएकै भेटनु चाहिने

 

 

 

 

 

 

कटुस


वैज्ञानिक क्याटोनेस्निन
(१४ सय मिटरमाथि लिथो कारपोस )
तिहारको सर्वाधिक पाइने र उपभोग हुने विशेष मसला
काँडेदार बोक्रा भित्रको फल, .बोक्रा सुकेपछि खान योग्य मानिने
प्रोटिनको ठूलो स्रोत्
विदेशमा धुलो बनाएर बार्लिकका रूपमा प्रयोग

 

 

 

हाडे ओखर


तिहारमा दाजु भाइको परिक्रमाका क्रममा फोरिने कडा ओखर
सत्रुको टाउको वा विघ्न वाधाको समुच्च प्रतिकको
तराईमा त्यस्तै ओखरका रूपमा नरिवल र सुपारीको प्रयोग पनि तिहारमा हाडेओखर फुटाउनु र तराईमा जन्ती आउँदा तरवारको टुप्पामा सुपारी उन्नुबीच समानता ।

 

 

 

 

घरघर सवका भाँती भाँती
झकमक बल्छन् दीपक ताँती
झिलिमिली झिलिमिली वारी पारी
यो छ मजाको रमिता भारी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अष्टचिरञ्जीवी

दाजुभाई दीर्घ जीवनको कामना गर्दै टीका लगाउनुअघि आठ जना दीर्घ जीवीको पूजा हुन्छ ।
अश्वत्थामा — दीर्घ जीवन पाएका कौरव र पाण्डवका गुरु द्रोणका छोरा
बली — दानवराज, प्रह्लादका नाती, विष्णुका चर्चित भक्त
व्यास — चार वेद, अठार पुराण र महाभारतका रचयिता पराशर ऋषिका छोरा
हनुमान — रामभक्त रामायणका प्रमुख पात्रहरू मध्येका एक
विभिषण — लंकाधिपति रावणका भाई, रामभक्त
कृपाचार्य — कौरव र पाण्डवका कुल गुरु
परशुराम — विष्णुको आठौं अवतार, पैत्रिक आज्ञा पालनमा चर्चित ब्राम्हण योद्धा
मार्कन्डय —

र कुकर

तिहारको तेस्रो दिन मानिसले सर्वाधिक नजिक मानिएको अर्को प्राणी कुकुरलाई फूलमाला पहि¥याई पूजा गरिन्छ । “भएमा धेरै खाने , नभएको बेला अलिकतिमात्र खाएर पनि सन्तोष हुने , तुरुन्तै निदाउने तुरुन्तै ब्यँुझने , स्वामीभक्त हुने र सुरो हुने” जस्ता गुणहरु मनुष्यले सिक्नुपर्ने संस्कृतिविद् हरिराम जोशीले उल्लेख गरेको पाइन्छ । मानिससँग कुकुर दुई तरिकाले रहन्छन् । एउटा साथीका रुपमा –कम्प्यानियन) र अर्को सुरक्षा प्रदान गर्न । बाहिर भेटिने र टोलका भुस्याहा भनिने कुकुर पनि सुरक्षा गर्ने कुकुर हुन् एउटा व्यक्तिको होइन, सिंगै टोलको ।