कार्तिक। गत २४ घन्टामा विश्वभर १० हजार भन्दा बढी कोरोना संक्रमितहरुको मृत्यु भएको छ। पछिलो २४ घण्टामा १० हजार २ सय ९४ जना संक्रमितहरुको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ। यो संगै विश्वभर कोभिड सनक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२ लाख ८८ हजार ७ सय २२ पुगेको हो।
एकातिर कोरोना स्नक्रमितहरु दिन पिछे ५ लाख भन्दा धेरैको संख्या थपिदै गएका छन्। यसै हप्ताको तथ्यांक हेर्ने हो भने हरेक दिन ५ लाख अधिकको दरले संक्रमित बढिरहेको पाउन सकिन्छ। गत २४ घन्टामा पनि विश्वभर ६ लाख बन्दा बढि नयाँ संक्रमितहरु थपिएका हुन्।
वोर्ल्डोमिटरका अनुसार एकै दिन ६ लाख 22 हजार ५ सय १७ जनामा थप संक्रमण पुष्टि भएको हो। यो संगै विश्वभर कुल संक्रमित संख्या ५ करोड २४ लाख ११ हजार २ सय ६१ पुगेको हो।
निको हुनेहरुको संख्यामा भने कमि देखिएको छ। २४ घन्टामा जम्मा २ लाख ९३ हजार ७० जना कोभिड १९ संक्रमितहरु निको भएको वर्ल्डोमिटरले जनाएको हो।
विश्वभर कोरोना :
संक्रमित: ५ करोड २४ लाख ११ हजार २ सय ६१
निको भएका : ३ करोड ६६ लाख ५४ हजार ९ सय ७८
मृत्यु :१२ लाख ८८ हजार ७ सय २२
स्रोत: वर्डोमिटर्स
नेपाल:
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घन्टामा २ हजार ५ सय ६९ जना नयाँ संक्रमितहरु थपिए संगै नेपालभरी कुल संक्रमित संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो।
गत २४ घण्टामा थप १ हजार ६ सय ६६ जना निको भएका छन्। यो संगै नेपालमा १ लाख ६२ हजार २ सय ४३ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेल्लन मार्फत दिइएको जानकारी अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ।
आज १० हजार ८१ जना समेत गरि अहिले सम्म १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसिआर परिक्षण गरिएको हो। यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ९ पुगेको छ।गत २४ घन्टामा थप २६ जनाको नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार १ सय ७४ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया