कार्तिक २६ , काठमाडौँ–
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घन्टामा २ हजार ५ सय ६९ जना नयाँ संक्रमितहरु थपिए संगै नेपालभरी कुल संक्रमित संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो।
गत २४ घण्टामा थप १ हजार ६ सय ६६ जना निको भएका छन्। यो संगै नेपालमा १ लाख ६२ हजार २ सय ४३ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेल्लन मार्फत दिइएको जानकारी अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ।
आज १० हजार ८१ जना समेत गरि अहिले सम्म १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसिआर परिक्षण गरिएको हो। यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ९ पुगेको छ।गत २४ घन्टामा थप २६ जनाको नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार १ सय ७४ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया