कोभिड १९ को उपचार गर्ने अस्पताल सूचिकृत हुनुपर्ने

सेवा शुल्क भने सरकारले तोकेअनुसार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक।
कोभिड १९ का संक्रमितहरुको उपचार सेवा दिन चाहने स्वास्थ्य संस्थाहरुलाई सरकारले आवेदन दिन आह्वान गरेको छ। संक्रमित भई होम आइसोलेशनमा रहेकाहरुको उपचार सेवा दिन इच्छुक स्वास्थ्य संस्थाहरुलाई आवेदन दिन नेपाल सरकार स्वास्थ्य मन्त्रलायको स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले बुधबार आह्वान गरेको हो।

”आइशोलेशनमा रहनेहरुलाई टेलि-मेडिसिन सेवा द्वारा स्वास्थ्य सेवा परामर्श सामान्य उपचार ,थप आवश्यक सुचना प्रदान गर्न इच्छुक नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाले निवेदन दिन सक्ने प्रावधान रहेको।”, स्वास्थ्य मन्त्रालय द्वारा भाइबर मार्फत आज अपराह्न प्रेसित सुचनामा उल्लेख छ।

सुचनामा त्यस्ता स्वास्थ्य संस्थामा कार्यरत डाक्टर तथा अब्य स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषदहरुमा दर्ता हुनुपर्ने पनि उल्लेख छ।
यसका साथै ती स्वास्थ्य संस्थाहरुले लिने सेवा शुल्क भने सरकारले गत असार १५ गते तोकेको अनुसार हुनुपर्ने उल्लेख छ।