गोकर्णेश्वर महादेव मन्दिरमा सुनको मोलम्बा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : राजधानीको उत्तरगयास्थित पुनर्निर्मित महादेव मन्दिरमा बुधबार क्षमापूजा गरिएको छ । सनातन धर्मीहरुको पैतृक कार्यका लागि महत्वपूर्ण तिर्थस्थल मानिएको उत्तरगयामा निर्मित सो मन्दीरको छानामा सुनको मोलम्बासमेत लगाइँदैछ ।

यसका लागि गोकर्णेश्वर नगरपालिकाले तीन करोड रुपैयाँ प्रदान गरेको छ ।गोकर्ण

क्षमापूजाको सन्दर्भमा आज मन्दिर परिसर आयोजित कार्यक्रममा मन्दिर निर्माण समितिका अध्यक्ष कमलबहादुर विष्टले नगरपालिकाबाट सुरुमा एक करोड र पछि फेरि अर्को एक करोड रुपैयाँ सहयोग प्राप्त भएको बताउनुभयो ।

मन्दिरमा अब हवन र नित्य पूजा सुरु गरिने जानकारी पनि विष्टले दिनुभयो ।

कार्यक्रममा गोकणेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले यो क्षमा पूजा पहिलो पटक गरिएको जानकारी दिनुभयो । कोरोनाका कारण लामो समय मठ मन्दिरहरु बन्दभएको अवस्थामा मानव समाज कोरोनाको पीडाबाट मुक्त हुने कामनाका यो पूजा गरिएको हो, उहाँको भनाई थियो ।

गोकर्ण
प्रमुख चालिसेले मानव समाजले अरुबेला पनि महामारी जस्तो संकटमा क्षमा पूजा गर्नेे गरेको पनि उल्लेख गर्नुभयो ।