कार्तिक २५। काठमाडौं । जिल्लाभरीका सबै नगरपालिकालाई काठमाडौं महानगरपालिकाले सघाउछ भनेर भन्दा पत्यार नलाग्ला तर अब यो सत्य हुन् पुगेको छ। जिल्लाभरीका १० वटै नगरपालिका लाइ महानगरपालिकाले सघाउने भएको छ। जिल्लाको वातावरण र सौन्दर्यलाई निखार्ने तर्फ मध्यनजर गर्दै महानगरपालिकाले पार्क बनाउन जिल्लाका १० वटै नगरपालिकालाई सघाउन लागेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो।
महानगरको विशेष सहयोगमा निर्माण हुन् लागेको पार्कहरुलाई १/१ करोडको सहयोग भएको छ। महानगरले आफ्नै अंश बुझेको र सघाउनु कर्तव्य भएको मेयर विद्यासुन्दरको भनाइ छ।
निर्माणाधिन पार्कको अवलोकन गर्न कीर्तिपुर नगरपालिका पुग्नु भएका मेयर विधासुन्दरले ,” वास्तवमा महानगरपालिका र वरिपरिका सबै नगरपालिकाहरु एउटै काठमाडौंका अंगहरु हुन् त्यसैले विकास प्रयासमा सबै बीच साझेदारी आवस्यक हुन्छ ” भन्नु भयो।
(फोटो फिचर सहित )





प्रतिक्रिया