कार्तिक २५, काठमाडौँ–
नेपालमा कोरोना संक्रमितको संख्या करिब २ लाख पुगेको छ। गत २४ घन्टामा २ हजार ७ सय ३६ जना नयाँ संक्रमितहरु थपिए संगै नेपालभरी कुल संक्रमित संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको हो।
गत २४ घण्टामा थप ८ सय ५३ जना निको भएका छन्। यो संगै नेपालमा १ लाख ६० हजार ५ सय ७७ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेल्लाना मार्फत दिइएको जानकारी अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ।
आज ११ हजार १ सय ७७ जना गरि देशभर १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर गरिएको हो। क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५८ पुगेको छ।गत २४ घन्टामा थप २२ जनाको नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार १ सय ४८ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया