काठमाडौं : मुलुकको समृद्धिका लागि सर्वाधिक आशा गरिएको क्षेत्र पर्यटन अहिले सबैभन्दा पीडामा छ । पर्यटनको गतिलाई बढाउन नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेकै पुर्व सन्ध्या अर्थात् २०१९ को अन्तिमदेखि चिनको बुहान क्षेत्रमा कोरोना संक्रमण देखिएसंगै यसले तीव्र गतिमा विश्वलाई गाँज्यो र यसको असर नेपालमा पनि पर्यो । भ्रमण वर्ष त सार्नु पर्यो नै, सम्पुर्ण पर्यटन उद्योगलाई नै धरासायी बनायो ।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार कोरोनाको कहरले गर्दा छ महिना देखि बन्द रहेको पर्यटन उद्योगी अरु काम वा अरु क्षेत्रतिर लागिसकेका छन् । यसले गर्दा पर्यटन बोर्डसँंग पनि एक रुपैयाँ पनि सञ्चित नरहनुका साथै र आर्थिक संकट समेत पैदा हुँदै गएको छ ।
यो अवस्थामा पनि पर्यटन व्यवसायलाई टिकाउनै पर्छ । त्यसैले नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रर्बधन गर्न आन्तरिक पर्यटकलाई नेपालका विभिन्न भाग हेर्न हामीले देश दर्शन कार्यक्रम पर्यटन मन्त्रालयबाट स्वीकृत गरेको छौं । यसबाट पर्यटक प्रर्बदनमा थप टेवा पुग्छ भन्ने हामीले आशा गरेको छौं ।
हामीले देशबाहिरका पर्यटकहरुलाई मात्र होइन कि आन्तरिक पर्यटकहरुलाई प्राथमिकता दिएर यसपटक यो कार्यक्रम अगाडि सारेका हौं । नेपालमा अनगिन्ती प्राकृतिक ठाँउ छन् जसलाई हामीले विकास गर्दै अगाडि लग्नुपर्छ र यसमा हाम्रा देशका युवा वर्ग पनि लाग्न सक्छन् । नेपालमा पर्यटन व्यसायमा लाग्ने युवाहरुहरु छन् र यदि कोही थप जानकारी वा पर्यटन सम्बन्धि तालिम लिन चाहन्छन् भने हामीले युवाहरुलाई नि ः शुल्क तालिम पनि उपलब्ध गराउँछौं र पर्यटन सम्बन्धि केही जानकारी चाँहिएमा हामीले नेपालको हरेक पाटोको किताबहरु हाम्रो भृकुटीमण्डप स्थित हाम्रो नेपाल पर्यटन बोर्डको पुस्तकालयमा आई बिना कुनै सदस्यता त्यहाँका किताबहरु पढी नेपालका विभिन्न पक्षका अध्ययन गर्न सकिन्छ पनि उहाँले जानकारी दिनुभयो ।
यसका साथै अहिले हामीले आन्तरिक पर्यटनलाई टेवा दिन नेपाल पर्यटन बोर्डलाई बिस्तार गर्न लागिरहेका छौं । अहिले हामीसंग गण्डकी अञ्चलको पोखरामा मात्र एउटा प्रादेशिक अफिस रहेकोमा अब हामीले यो सेवालाई बिस्तार गरी सातै प्रदेशमा नेपाल पर्यटन बोर्डको अफिस राख्न हामीले तयारी अगाडि बढाएको अवस्था हो । यसका सम्भावताका लागि प्रादेशिक पर्यटन मन्त्रीहरुसंग पनि एकचरणको बैठक पनि भईसकेको छ ।
युवालाई पर्यटनमा कसरी रोजगारी सिर्जना गरिन्छ ?
यो सम्बन्धमा प्रवक्ता लामिछाने भन्नुहुन्छ, आन्तरिक पर्यटनलाई प्राथमिकता दिई विभिन्न ठाँउका पर्यटन व्यसायीहरुसंग मिलि त्यस ठाँउमा उत्पादित वस्तुहरुमा केही प्रतिशत सहुलियत दिई आन्तरिक पर्यटनलाई आकर्षिक गर्न भनेका छौं । त्यसै अनुसार व्यसायीहरु पनि गर्दै छन् जसले आन्तरिक पर्यटनलाई थप टेवा पुगीरहेको छ । कोरोनका कारण अहिले सबै पर्यटन सम्बन्धि व्यसायी, पथ प्रर्दशक लगायतका मानिसहरु अहिले बेरोजगार भएका छन् । कोरोनाबाट कोही अछुतो छैन ।
त्यसैले पर्यटन बोर्ड र ईयु, अएन डिबीसंग सहकार्य गरेर पर्यटन व्यसायमा लागेका मानिसहरुलाई थोरै राहत मिलोस् भनेर एउटा कार्यक्रम सानो रुपमा पाँच ठाँउ एभरेष्ट, पोखरा, लुम्बिनी, जनकपुर र माधि गाँउपालिका क्षेत्रमा करिब एक सय पचत्तहर जनालाई न्युन्तम ४५ दिनको रोजगारीको कार्यक्रम गरिरहेका छौं । यसका साथै हामीले अर्को कार्यक्रममा काम गर्दै छौं जसमा एक हजार पाँच सयले रोजगारी पाउने छन् । कति युवाहरु होटल व्यसायीमा लागेका छन् जसलाई यो कोरोनाले गर्दा होटल व्यसायी ठप्प हुदाँ बैकबाट लिएको क्रण समेत तिर्न नसकेको अवस्थामा हामीले उनीहरुलाई केही हदसम्म सहयोग गरी उक्त मानिसहरुलाई क्रणमा सहुलियत दिने काम पनि अगाडि बढी रहेको छ उहाँले बताउनुभयो ।
प्रवक्ताका अनुसार हामीले २०२० मा पर्यटन बर्ष मनाउने भन्ने कुरा २०१८ मा निर्णय गरेयता हामीले सम्पुर्ण काम अगाडि लगे तापनि कोरोना कहरका कारण हामीले यो लागु गर्न नसकेका हौ । तर जब यो कोरोना कम हुन्छ तब हामीले पर्यटन वर्ष भनेर होइन कि पर्यटन दशक भनेर २०३० साल सम्म पैतिस लाख पर्यटकहरु भित्राउने लक्ष्यका साथ काम अगाडि बढाएका छौं ।
प्रतिक्रिया