कार्तिक २४, काठमाडौँ–
नेपालमा कोरोना संक्रमितको संख्या करिब २ लाख पुगेको छ। गत २४ घन्टामा २ हजार ५ सय ७१ जना नयाँ संक्रमितहरु थपिए संगै नेपालभरी कुल संक्रमित संख्या १ लाख ९७हजार २४ पुगेको हो।
गत २४ घण्टामा थप १ हजार ७ सय ९८ जना निको भएका छन्। यो संगै नेपालमा १ लाख ५९ हजार ७ सय २४ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना भाइबर पेजमार्फत सार्वजनिक गरेको जानकारी अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ। यो कुल सक्रिय संक्रमितमा १ हजार ५१ महिला र १ हजार ५ यस २० जना पुरुष रहेका छन् । आजको निको हुनेको कुल सख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।जुन कुल संक्रमितको ८१ प्रतिशत हो ।
आज ११ हजार १ सय ७७ जना गरि देशभर १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर गरिएको हो। क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ६७ पुगेको छ।गत २४ घन्टामा थप १८ जनाको नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार १ सय २६ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया