कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित: ५ करोड ७ लाख १९ हजार ३ सय ३५

निको भएका : ३ करोड ५७ लाख ८० हजार ६ सय २२

मृत्यु :१२ लाख ६१ हजार ६ सय ७३

स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा कोरोना संक्रमितको संख्या करिब २ लाख पुगेको छ। गत २४ घन्टामा २ हजार ८ सय १७ जना नयाँ संक्रमितहरु थपिए संगै नेपालभरी कुल संक्रमित संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको हो।

गत २४ घण्टामा थप २ हजार ८ सय १२ जना निको भएका छन्। यो संगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेल्लाना मार्फत दिइएको जानकारी अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ।

आज १२ हजार ३ सय ११ जना गरि देशभर १५ लाख ४० हजार ७७ जनाको पिसिआर गरिएको हो। क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ४९ पुगेको छ।गत २४ घन्टामा थप २१ जनाको नेपालीको कोरोना संक्रमणको कारण  मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण  १ हजार १ सय ८ जनाले ज्यान गुमाएका छन् ।