काठमाडौं । नेपालका नेल्सन मन्डेेला उपनाम पायेका वरिष्ठ कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले नेकपा दुई अध्यक्षले पार्टी फुटाउन नहुने धारणा राख्नुभएको छ । उहाले दुःखले बनाएको पार्टी फुटाएर राजनीति गर्नु बेइमान हुने बताउनुभएको छ । अधिकारीको स्वास्थ्य अवस्था बारे बुझ्न पुरानो नैकाप स्थित उहााँको निवासमा भेट्न पुग्नुभएका शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई दुई पार्टीलाई थप मजबुत बनाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो । तपाईले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र तपाईले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मेरो तर्फबाट यो सन्देश सुनाई दिनुस कि पार्टी फुटे नेपालमा खतरा हुनेछ ।
उहाले दुई अध्यक्षलाई खबरदारी गर्न समेत मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभयो । दाहाल प्रचण्डलाई मेरो तर्फबाट यो सन्देश सुनाई दिनुस कि पार्टी फुटे नेपालमा खतरा हुनेछ ।
उहाले दुई अध्यक्षलाई खबरदारी गर्न समेत मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभयो ।
तपाईलाई कम्युनिष्ट पार्टीको बारेमा जानकारी छ , मैले यो वा त्यो भनिरहनुपर्दै म यहालाई यो आग्रह गर्न चाहन्छु की यस्तो अवस्थामा पार्टी फुट्नु हुदैन । उहाले भन्नुभयो– दुई अध्यक्ष मिलेर जानुको विकल्प छैन पार्टी फुटाउने घृष्टता कसैले नगरोस ।
गफको भरमा पार्टी बनेको होइन, ठुलो मेहेनत र कसरतको साथ दुई पार्टी एक भएर नेकपा बनेको हो, त्यसैले यस्तो विषम परिस्थितिमा पार्टीलाई एक ढिक्का बनाए र लैजानुको विकल्प छैन ।
मन्त्री श्रेष्ठले नेता अधिकारीको भनाई सुनेपछि आफुले यो विषयमा गम्भीर भएको बताउनुभयो । भन्नुभयो–फुटेर कसैको हित हुदैन मिलेर अघि बढ्नुको विकल्प छैन । नेपालका नेशनल मण्डेलाको रुपमा परिचय बनाइसक्नुभएका पुराना नेता अधिकारीको स्वाथ्य अवस्थाबारे जानकारी लिन निवास पुग्नुभएको थियो ।
प्रतिक्रिया