काठमाडौं । मौसम परिवर्तन र कोभिड–१९ को सोझो सम्बन्ध नभएपनि जाडोमा कोरोना संक्रमितको संख्या बढ्नसक्ने आशंका सम्वद्ध विज्ञहरुले गर्न थालेका छन् ।
इपिडियमोलोजी तथा रोग नियन्त्र महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुसार कोरोना भाइरसको सोभाव जाडोमा धेरै सकिय रहने खालको छ । त्यसैले गर्मीभन्दा र जाडो याममा यो भाइरसको संक्रमणको जोखिम बढि हुने अनुमान गर्न सकिन्छ ।
“जाडो मौसममा मानिसहरु घर भित्रै बस्छन् । यसरी घर भित्र झ्याल ढोका बन्द गरी बस्दा झन् जोखिम बढ्छ र भाइरस एक व्यक्तिबाट अर्का व्यक्तिमा स्थानान्तरण हुन सक्छ ।”
डाक्टर पाण्डेले विषेश गरी जाडो मौसममा संक्रकमण बढ्ने कुरा पुर्व अनुमानको विषय भएपनि घरबाट बाहिर निस्कदा होटलहरुमा खाजा, खाना खादा मास्क खोल्दा भने बढि ध्यान दिनु पर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख सल्लाहकार खेम कार्कीले पनि जाडोमा कोरोना संक्रमित बढ्ने र गर्मीमा घट्ने कुरा अनुमान मात्र रहेको बताउनुभयो । “गर्मीमा पनि संक्रमितको सख्ंया बढ्कै छ, जाडोमा चाँहि अझ धेरै संक्रमितको सख्ंया बढ्ने हो कि भने मात्र हो”, उहाँको भनाइ छ ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोभिड–१९ को संक्रमणमा जाडो र गर्मीको सम्बन्ध देखिदैन । “हामी कहाँ गर्मी हुर्दा खेरि पनि ब्राजिलमा जोडो थियो तर संक्रमण बढिरहेको थियो, फेरि हाम्रोमा जाडो हुर्दा त्यहाँ गर्मी भइरहेको छ ।” उहाँको भनाइ थियो । तर जाडोमा धेरैलाई रुघाखोकी लाग्ने हुनाले कोभिड होकी अरु ठूलो रोग हो भने चाँहि छुटाउन गाह्रो हुन्छ भन्ने पनि उहाँले बताउनुभयो ।
कोरोनासगँ मौसमको सम्बन्ध प्रमाणित नभएपनि जरुरी काम भए मात्र घरबाट बाहिर निस्कने, घरमै बस्ने, बाहिर निस्कने परेमा मास्क लगाउने, भिडभाड हुने ठाउँमा भौतिक दुरी कार्यम गर्दा कोरोनाबाट बचन सकिन्छ, उहाँले बताउनुभयो ।
वीर अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.अच्युत राज कार्कीका अनुसार कोभिड केस जाडोमा बढ्ने भन्दा पनि अहिलेको ट्रेंडं हेर्ने हो भने बढिरहेको नै छ । एउटा घरमा कुनै व्यक्तिमा कोभिड पोजिटिभ देखिएमा त्यही परिवारका अन्या सदस्याहरुलाई पनि संक्रमण हुने क्रम बढ्दो छ ।
अब जाडोमा के हुन्छ भन्ने धेरै जसो मानिसहरु एउटै कोठामा बस्ने गर्छ्न, जसले गर्दा कोठा भित्रै बसेका व्यक्तिबाट अर्का व्यक्तिमा भाइरस झन स्थानान्तरण हुन सक्ने उहाँले बताउनुभयो ।
साथै डा. कार्कीले जाडो मौसममा घरको कसै सदस्यहरुमा कोभिड पोजिटिभ देखेमा कम निस्कने घर भित्रै बस्ने, आइसोलेसनको जति मापदण्ड हुन्छ त्यति अपनाउने पर्छ । त्यस्तो सवधानी अपनाउन नसक्दा कोरोना संक्रमित केस झन् बढ्ने हुन्छ, उहाँले जानकारी दिनुभयो ।
धेरै जसो बुढाबुढीहरुलाई दम, खोकी जस्ता दीर्घ रोगी व्यक्तिहरुलाई संक्रमित हुने संभावना हुन्छ । कोभिड नहुदा पनि जाडो मौसममा दम रोगका बिरामीहरु र बुढाबुढीहरुलाई रुघाखोकी लाग्ने मात्रा बढेकै थियो । यस्तो अवस्थामा घरको बुढाबुढीहरु बिरामी भइदिएमा र कोरोना पोजिटिभ देखेमा परिवारमा फैलिने डर झन् बढी हुने उहाँले बताउनुभयो ।
हामीले यति चाँहि भन्न सक्छौं कि, यो कोभिड संक्रमणको पहिलो लहर हो र अझै जारी छ । बेतायत, फ्रान्स आदिमा भने दोस्रो लहरको कोभिड देखिएको छ । नेपालमा चलिरहेको कोभिडको पहिलो लहरको अन्त्य कहिले हुने र कहिले घट्ने फेरि कहिले बढ्ने भने भविष्यवाणी गर्न सकिन्न्, उहाँले बताउनुभयो ।
प्रतिक्रिया