संक्रमितहरुको संख्या ५ करोड बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक २३। विश्वभरी कोरोना संक्रमितहरुको संख्या ५ करोड भन्दा बढी भएको छ। वर्ल्डोमिटरले दिएको जानकारी अनुसार २४ घन्टामा ५ लाख ९३ ह्गजार १ सय ५४ जना नया संक्रमित थपिए संगै विश्वभरि संक्क्रमित संख्या हाल ५ करोड भन्दा बढी भएको छ। हाल विश्वको कुल संक्रमित संक्या ५ करोड २ लाख ३७ हजार १ सय ४७ पुगेको वर्ल्डोमिटरले जनाएको हो।
पछिलो २४ घन्टामा २ लाख ९१ हजार १३ जना निको भएका हुन् भने ७ हजार ५ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको हो।
हाल विश्वभर संक्रमण मुक्त हुनेहरुको संख्या ३ करोड ५२ लाख ३९ हजार २ सय ९४ रहेको छ भने मृतक संख्या १२ लाख ४७ हजार ९ सय ५२ पुगेको वर्ल्डोमिटरले जनाएको हो।

विश्वभर कोरोना :

संक्रमित: ५ करोड २ लाख ३७ हजार १ सय ४७

निको भएका : ३ करोड ५५ लाख ३० हजार ३ सय ७

मृत्यु :१२ लाख ५५ हजार ५ सय ३७

स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा कोरोना संक्रमित निको हुनेहरु बढे पनि सक्रिय संक्रमितको संख्या भने कम भएको छैन। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारी अनुसार नेपालमा गत २४ घन्टामा २ हजार २ सय ६  जना निको भए संगै हाल सम्म १ लाख ५५ हजार १ सय १४ जना संक्रमण मुक्त भइ सकेका हुन् । यो कुल संक्रमणको ८१ प्रतिशत हो।

यता सक्रिय संक्रमितहरुको संख्या भने कम भएको छैन।नेपालमा हाल सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३५ रहेको छ। जुन कुल संक्रमणको १८.४ प्रतिशत हो।

आज १० हजार ४ सय २३ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ७ सय ५३ जना नयाँ संक्रमित थपिएका हुन्। जसमा १ हजार ७७ जना महिला र १ हजार ६ सय ७६ जना पुरुष सम्मावेष छन्। यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको हो।

हाल सम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पिरिक्षण गरिएको छ। १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन्। पछिलो २४ घण्टामा १७ जनाको मृत्यु भए संगै नेपालमा कोरोनाबाट कुल ज्यान गुमाउनेहरुको संख्या १ हजार ८७ पुगेको छ।