काठमाडौं । गोर्खा पुर्व सैनिकहरुले पेन्सन प्राप्त गर्नेले सामाजिक सामाजिक सुरक्षा भत्ता नपाउने निर्णय विरुद्ध आन्दोलन गर्ने जनाएका छ्न। शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै महासंघका पदाधिकारीहरुले सामाजिक सुरक्षा भक्तामा खासगरी भूपूहरुलाई लक्षित गरी बन्द गएिको बताए ।
नेपाल, भारत, ब्रिटिश सरकारको संयुक्त लगानीमा पुलचोकको कल्याणकारी भवन तथा जमिन केही व्यक्ति बिशेषबाट अतिक्रमण भईरहेकोले समझदारीबाट मेलमिलापमा नआएमा कानुनी बाटो अपनाउने निर्णय गरिएको पनि महासंघले स्पष्ट पारेको छ । र, भारत सरकारद्धारा दिन खोजिएको सिएसडी सुबिधामा पनि नेपाल सरकारबाट स्विकृति नपाएकोमा स्वीकृतिको लागी नेपाल सरकारलाई अनुरोध गरिने जनाईएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष कर्णेल धन बहादुर थापाले पत्रकार सम्मेलनमा उठेका विषयमा जवाफ दिएका थिए भने कार्यक्रममा महासंघका पूर्वाञ्चल ईन्चार्ज सुवेदार मेजर किशोर कुमार राईले भारत सरकारद्धारा दिन खोजिएको सिएसडीको बारेमा व्याख्या गरेका थिए । सिएसडीको बारेमा नेपाल सरकारले आनकानी गर्न नहुने भन्दै यसले आम नेपाली नागरिकलाई प्रत्यक्ष फाईदा हुने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्के रानाले आफूहरुले अघि सारेका जायज मागहरु सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारले आफूहरुलाई बेवास्ता गर्न नहुने धारणा राखे । उनले भने,‘सरकारले हामीलाई त्यो अनागरिकसरह दर्जा दिने कोशिस गर्यो भने ठिक हुँदैन् । हाम्रा विनम्र अनुरोधलाई सरकारले स्विकार्नुपर्छ । सम्बोधन गर्नुपर्छ ।
प्रतिक्रिया