अझै कत्ति सहने?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anti rape      काठमाडौँ — शनिबार देशभर किशोरीहरुले महिला हिंसा र बलात्कारका घटनाविरुद्ध
प्रदर्शन गरेका छन् । कालो पहिरन, कालो पट्टी बाँधेर, प्लेकार्ड तथा ब्यानरसहित विभिन्न क्षेत्रमा आबद्ध किशोरीहरुले दिउँसो काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा प्रदर्शन गरेका हुन् ।

अझै कत्ति सहने? भन्दै राजाधानीको माइतीघर मण्डलामा स्वतन्त्र अभियानद्वारा प्रदर्शन आयोजना गरिएको थियो । सातै प्रदेशका करिब ५० जिल्लामा शनिबार दिउँसो एकैचोटी ‘फ्ल्यास मब’ गर्दै महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाइएको अभियताले जानकारी दिए ।