सोमपाल सहित अन्य खेलाडीहरुको स्तरोन्नति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

कार्तिक २२। काठमाडौं ।
राष्ट्रिय क्रिकेट खेलाडीहरुको स्तरोन्नति भएको छ। राष्टिय क्रिकेट टिमका पुरुष र महिला दुवै टिमका खेलाडीहरुको स्तर्रोनति भएको छ।
राष्ट्रिय क्रिकेट टिमका पुरुष तर्फ सोमपाल कामि सहित अन्य ३ जना खेलाडीहरुको स्तरोन्नति भएको हो। स्तरोन्नति हुनेहरुमा अविनास बोहरा,ललित नारायण राजवंशी र सन्दिप जोहरा हुन्। आज बैसेको बोर्ड बैठकबाट सोमपाल कामि ग्रेड ‘बी’ बाट ग्रेड ‘ ए’मा वृद्धि गरिएको छ। अविनास बोहरालाई ग्रेड ‘सी’बाट ग्रेड ‘बी’मा बढुवा गरिएको हो। त्यस्तै ललित नारायण राजवंशीलाई ग्रेड ‘बी’मा र सन्दिप जोहरालाई ग्रेड ‘सी’मा पुन:वर्गिकरण गर्न गरिएको प्रस्तावलाई सर्वसम्मतले बोर्ड बैठकबाट पारित गरिएको हो।

त्यसैगरी  महिला क्रिकेट खेलाडि तर्फ सरस्वति चौधरीलाई ग्रेड ‘बी’ , ममता चौधरी र सुमन खतिवडालाई ग्रेड ‘सी’ मा राख्ने निर्णय भएको हो।
कोरोना महामारीलाई ध्यानमा राखी हाललाई खेलाडि सम्झौता २०२० जनवरी देखि ६ महिनाको लागि गरिएको हो।

बैठकबाट गरिएको निर्णयहरुमा संघको वार्षिक साधारण सभा र खेलाडीहरुको स्तरोन्नति बारे महत्वाकांक्षी निर्णयहरु गरिका छन् । आगामी मङ्सिर ३ गते संघको वार्षिक साधारण सभा गर्ने निर्णय गरिएको संघले जारि गरेको विज्ञप्तिमा अग्र पंक्तिमा उल्लेख गरिएको छ।

बैठकको निर्णय अनुसार ,भारतीय दुतावासको सहयोगमा कीर्तिपुर स्थित त्रिवि खेल मैदानको ब्वेलियाँ हालको  स्तरोन्नति गरिने छ भने मुलपानी स्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नति गरिने जनाइएको छ।

बैठकबाट खेलाडिहर्रु सहित खेल मैदानको स्तरोन्नति पनि गर्ने निर्णय गरिएको विज्ञप्तिमा लेखिएको छ।
विज्ञप्तिमा उल्लेख गरी अनुसार ,नेशनल क्रिकेट एकेडेमी निर्माण गरिने छ जसको संयोजकत्व दुर्गाराज पाठकलाइ दिईएको छ।
नेशनल क्रिकेट टिमलाई आवश्यक पर्ने ट्रेनर हायर गरिने , प्रशान्त विक्रम मल्लको संयोजकत्वमा दुर्गाराज पाठक ,कैलाश बिष्ट र छुम्बी लामा सदस्य रहनेगरी दुइ हप्ता भित्र तॆइन वर्षीय रणनैतिक योजना निर्माण गर्ने र प्रधानमन्त्रि कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी डिसेम्बर अन्तिममा आयोजना गर्ने र सो को अनुमति लिने प्रक्रिया तत्काल अघि बढाइने निर्णय गरिएको छ।

क्रिकेट संघले यस अघि नै राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको प्रशिक्षण मङ्सिर १० गते देखि सुरु गर्ने निर्णय गरिसकेको हो।
क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान )को बोर्ड बैठक सम्पन्न भएको छ।

कोरोना कोरोना संक्रमणले भेला हुन् गाह्रो भएको परिस्थितिमा अनलाइन माध्यमबात बैठक सम्पन्न भएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले घमछायाँलाई फोन सम्पर्कमा बताउनु भयो। बोर्ड बैठकबाट ९ बुंदे निर्णय गरिएको उहाँले बताउनु भयो।