कार्तिक २२। नेपालमा कोरोना संक्रमित निको हुनेहरु बढे पनि सक्रिय संक्रमितको संख्या भने कम भएको छैन। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारी अनुसार नेपालमा गत २४ घन्टामा २ हजार २ सय ६ जना निको भए संगै हाल सम्म १ लाख ५५ हजार १ सय १४ जना संक्रमण मुक्त भइ सकेका हुन् । यो कुल संक्रमणको ८१ प्रतिशत हो।
यता सक्रिय संक्रमितहरुको संख्या भने कम भएको छैन।नेपालमा हाल सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३५ रहेको छ। जुन कुल संक्रमणको १८.४ प्रतिशत हो।
आज १० हजार ४ सय २३ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ७ सय ५३ जना नयाँ संक्रमित थपिएका हुन्। जसमा १ हजार ७७ जना महिला र १ हजार ६ सय ७६ जना पुरुष सम्मावेष छन्। यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको हो।
हाल सम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पिरिक्षण गरिएको छ। १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन्। पछिलो २४ घण्टामा १७ जनाको मृत्यु भए संगै नेपालमा कोरोनाबाट कुल ज्यान गुमाउनेहरुको संख्या १ हजार ८७ पुगेको छ।
प्रतिक्रिया