जय यादव । पर्सा।
कार्तिक २२। पर्सामा धान उत्पादन बढेको छ। गत वर्ष भएको धान उत्पादन भन्दा यस वर्ष भएको उत्पादनमा वृद्धि भएको हो।
”पर्सा जिल्लामा यस वर्ष धानको उत्पादन गत वर्षको तुलना वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्साका बाली प्रमुख सुरेश चौरसियाले घामछायाँ संग फोन सम्पर्कमा बताउनु भयो
उहाँका अनुसार , ‘चैते’, ‘भदैया’ र ‘अगहनी’ धानको उत्पादन गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले वृद्धि भएको हो।
”यस वर्ष ‘चैते’ धान ३ हजार ५ सय हेक्टर , ‘भदैया’ धान ८ हजार ५ सय ५० हेक्टर र ‘अगहनी’ धान ३५ हजार हेक्टरमा खेती भएको”, बाली प्रमुख चौरसियाले बताउनु भयो।
‘भदैया’ धान प्रतिमेट्रिक टन ५.२ प्रतिहेक्टर उत्पादन भएको र ‘अगहनी’ धान ४ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको ,उहाँको भनाइ छ ।
गत वर्ष ‘भदैया’ धान प्रतिहेक्टर ५ मेट्रिक टन उत्पादन भएको थियो भने अगहनी धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएको थियो।
अगहनी धानमा कतर्नी धानलाई यसपटक पानी र कीराले क्षति पुर्याएकोले प्रतिहेक्टर ३.५ मेट्रिक टन उत्पादन हुन् सकेको ,उहाँले बताउनु भयो ।
अगहनी धान अन्तर्गत ‘सोना मन्सुली’लाई भने पानी र कीराले असर नगरेको र गत वर्षको तुलनामा यस वर्ष पनि प्रतिहेक्टर ४ मेट्रिक टनको दरले उत्पादन भएको छ।
पर्सा जिल्लामा तीन बाली धानखेती हुने गरेकोमा सबैभन्दा बढी अगहनी धानको खेती हुन्छ। अगहनी धानमा सोना मन्सुली सबैभन्दा बढी रोपिने गरिन्छ।
यसैबीच, एक महीनाअघि भदैया धान भित्र्याएका किसानहरूले अहिले आलु, तोरी, मुसुरो र तरकारी खेती शुरू गरेका छन्। भदैया धान रोप्ने किसानहरूको खेतबारी थोरै हुने हुनाले उनीहरूले रबीबालीका साथै आलु र तरकारी पनि रोप्ने गर्छन्। अगहनी धान लगाएका किसानहरूमा धेरै खेतबारी भएका किसानहरूले गहुँखेती गर्छन्। अहिले पटेर्वासुगौली र सखुवाप्रसौनी गाउपालिका , पर्सागढी र बहुदरमाई नपालगायतका क्षेत्रमा किसानहरू अगहनी भित्र्याइरहेको ,स्थानीय पत्रकार प्रमोद यादवले बताउनु भयो।
धान पछि ,मौसमी तरकारी भित्र्याए लगतै गहुँखेती गर्ने चलन तराइ क्षेत्रमा रही आएको छ।
यसपटक अगहनी धानखेती गरेका किसानहरूले अहिलेसम्म गत वर्षको तुलनामा कम मूल्यमा धान बेच्नुपरेकोले हाल सम्म बेचिसक्नु पर्नेमा घर मै भण्डारण गरि राखेका ,उहाँले बताउनु भयो।
गत वर्ष २२ सयदेखि २४ सय रुपैयाँसम्म प्रतिक्विन्टल सोना मन्सुली धान बिक्री भएको थियो भने अहिले २१ सय रुपैयाँसम्म मूल्यमा बिक्रि गरिदै छ।
प्रतिक्रिया