काठमाडौँ–
गत २४ घण्टामा थप ४ हजार ५ सय जना निको भएका छन्। यो संगै नेपालमा १ लाख ५२ हजार ९ सय ८ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबरमार्फत दिइएको जानकारी अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ।
गत २४ घन्टामा थप २ हजार ९ सय ९ जनामा कोरोनाको संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ। देशभर हालसम्म कुल १५ लाख १७ हजार ३ सय ४३ जनाको पिसिआर परिक्षण गरिएकोमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
क्वारेन्टाइनमा रहनेको संख्या भने १ हजार २ सय ५४ पुगेको छ।गत २४ घन्टामा थप १८ जनाको नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ७० जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया