कार्तिक २१।काठमाडौं ।
आफ्नै बुतामा कीर्तिपुरले पिसिआर मेसिन जडान गरेको छ। कोरोना परिक्षणमा नगरवासिहरुको सहज पहुँच होस् भनेर कीर्तिपुर नगरपालिकाले आफ्नै बलबुतामा पिसिआर मेसिन जडान गरेको हो।
नगरपालिकाको विकास बजेटको रकमबाट मेसिन खरिद गरिएको लेखा अधिकृत श्री मित्र प्रसाद घिमिरेले बताउनु भयो। सार्वजनिक सम्पति खरिद ऐन अन्तर्गत पिसिआर मेसिन खरिद गरिएको उहाँले बताउनु भयो। ” २५ लाख ४३ हजार मूल्यमा खरिद गरिएको पिसिआर मेसिन त्रिभुवन विश्वविद्यालयको लाएन्स क्लबको भवन भित्र संचालन गरिएको ”, घिमिरेले बताउनु भयो।
उहाँका अनुसार ,पिसिआर मेसिन नगरपालिकाले खरिद गरे पनि संचालनको लागि भने त्रिभुवन विश्वविद्यालय संग सहकार्य गरिएको छ।
”कीर्तिपुर नगरपालिकामा कोभिड १९ का संक्रमित बढ्दै गए पछि छुट्टै मेसिन जडान गर्नु परेको अवस्था आएको’।, नगरपालिकाकी उपप्रमुख सरस्वति खड्काले नियमित पत्रकार भेटघाटमा बताउनु भयो।
कीर्तिपुर नगरपालिकाका वासिन्दाहरुलाई भने सहुलियत दरमा कोरोना परिक्षण गर्ने गरिएको छ। नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नु हुदै उपप्रमुख सरस्वति खड्काले यसो बताउनु भयो।
”गैर नगरवासीलाई भने नेपाल सरकारले तोकेको शुल्क अनिवार्य तिर्न भनिएको छ। ”उहाँले बताउनु भयो।
सरकारले परिक्षण गर्दा शुल्क नलिन निर्देश दिए नगरपालिकाले पनि नि:शुल्क परिक्षण गर्न तयार रहेको ,उपप्रमुख खड्काले भनु भयो।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसक्नेको कोरोना परिक्षण नि:शुल्क गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन पठाइसकेको छ।
आर्थिक वर्ष २०७७/७८ को साउन १ गते देखि असोज मसान्त सम्म भए गरेका गतिविधि बारेमा जानकारी दिन नगरपालिकाले आज पत्रकार भेटघाटको आयोजना गरेको थियो। उपप्रमुख खड्काका अनुसार , नगरपालिका भित्रका कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ्गमा गति बढाइएको छ। परिक्षणको दायरा बढाइएको र ल्याब सम्म पुग्न नसक्ने अशक्तहरुको स्वाब संकलन गर्न घर सम्म पुग्ने स्वास्थ्य टोली नै खटाइएको छ। नगर क्षेत्र भित्र ९० प्रतिशत बाटो निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको छ।
कीर्तिपुर नगरपालिकाले बेरोजगार व्यक्तिहरुको सुची समेत सार्वजनिक गरेको हो। कीर्तिपुरमा ६ सय १७ जना म
हिला र १ सय ७४ जना पुरुष गरि जम्मा ७ सय ९१ जना बेरोजगार रहेको तथ्यांक सार्वजनिक गरेको हो। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक केदार बुढाथोकीकाअनुसार ,१८ वर्ष देखि ५९ वर्ष सम्मका बेरोजगार व्यक्तिहरुलाइ यस सुचिमा समेटिएको हो। नेपाल सरकार प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत य५२ लाख अनुदान प्राप्त भएको छ। योग्यता अनुसार रोजगार प्रदान गरिने ।
”पहिलो चरणमा कम्तिमा पनि सय दिनको रोजगार दिने व्यवस्था मिलाइएको छ। ” उहाँले बताउनु भयो।
प्रतिक्रिया