जापानबाट आयो ५० हजार टेष्ट किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापानको प्रतिष्ठित कम्पनी फुजिरिबियोले नेपाललार्ई ५० हजार थान एन्टिन्जेन टेस्ट किट प्रदान गरेको छ । यो टेष्ट नेपाललाई गैर आवासीय नपाली संघ जापानका सामाजिक अभियन्ता एवं संघको आइसिसिका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा प्राप्त भएको हो ।

नेपाललाई प्राप्त उक्त टेष्ट किट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मन्त्रालयकातर्फ बाट प्रेशित टेस्ट किट ग्रहण गर्नुभएको थियो ।

काभ्रेपलान्चोकमा जन्मिएर विगत ३५ वर्ष देखि जापानमा बस्दै आउनुुभएका थापाले कबोभिड प्रकोप सुरु भएदेखि गर्नुभएको पहलको फलस्वरुप फुजिरिबियो अध्यक्ष गोकी इसाकावाको सदिच्छामा यो किट प्राप्त भएको हो । विगत आधा शताब्दीदेखि रोबुस्ट सामग्रीहरु तथा क्ष्ख्म् उत्पादन गरी संसार भर उपलब्ध गराउँदै आएको फोजिरिबियो जापानको एक अग्र पंक्तिको कम्पनी मानिन्छ ।

कम्पनीका अनुसार यो टेष्ट किटले कोरोना लागे नलागेको ३० मिनेट भित्रमा थाहा दिन्छ । ठूलो आकारको यन्त्र नचाहिने यो किट जुनसुकै स्थानमा लैजान पनि सहज छ । यस किटबारे संस्थाका अध्यक्ष इसाकाबाका साथै केइको यामामोटो, कोजी अकोई, काजुए साइतो वागासिमा र जोंग कुक पार्कले थापामार्फत सहयोग गर्नुभएको थियो । यो सहयोग कुल २१ करोड रुपैयाँ बराबरको हो ।

जापान रहेर पनि नेपाली समाजको उन्न्तीमा तल्लीन थापाले विगत देखिनै स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका सामाजिक कामहरुमा उल्लेख्य सहयोग गर्र्दै आउनु भएको छ । विगतमा भुकम्पका बेला जापानबाट प्रशस्त सहयोग जुटाउन सफल थापाले कोरोना महामारी सुरु भएपछि मुना कृषि फार्मबाट टोलटोलमा तरकारी तथा खाध्यान्न सप्लाई गर्नुभएको थियो ।