करिब ८० प्रतिशत निको; ३६ हजार सक्रिय संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमान्डौ ।
नेपालमा कोरना संक्रमितहरु मध्ये करिब ८० प्रतिशत निको भएका छन्। गत २४ घण्टामा  थप ३ हजार ४ सय ३० जना निको भए संगै देशमा कोभिड १९ संक्रमित भई मुक्त हुनेको  दर लगभग ८० प्रतिशत पुगेको छ। यो संगै नेपालमा १ लाख ४८ हजार ४ सय ८ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्। यो कुल संक्रमणको ७९.८ प्रतिशत हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबरमार्फत दिइएको जानकारी अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ (१९.६ %)रहेको छ।

गत २४ घन्टामा थप ३ हजार ५१ जनामा कोरोनाको संक्रमण देखिएको देखिएको पनि मन्त्रालयले जनाएको छ। । गत २४ घण्टामा १३ हजार ६८ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर परिक्षण गरिएकोमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या भने १ हजार २ सय ३२ पुगेको छ।गत २४ घन्टामा थप १८ जनाको नेपालीको कोरोना संक्रमणको कारण  मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण  १ हजार ५२ जनाले ज्यान गुमाएका छन् ।