ठूला अस्पताललाई पनि मुस्किल

कोभिड १९ उपचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक २० । काठमाडौं ।

सरकारले सबै सरकारी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न व्यवस्था मिलाउन निर्देशन दिए पनि यसका लागि आवश्यक संरचना बनाउन ठुला-ठुला अस्पताललाई समेत मुस्किल पर्ने देखिएको छ। जसोतसो उपचार गरिरहेका अस्पतालहरुले आवश्यक स्तरको सेवा दिन नसक्ने मात्र नभइ अन्य जोखिम समेत सहनु पर्ने देखिन्छ।

विज्ञहरुका अनुसार अस्पतालमा कोभिडको बिरामीको उपचार गर्न अलगै आइसोलेसन कोठा आवश्यक हुन्छ। त्यस्तै अस्पतालमा स्नानगृह र शौचालय छुटै व्यवस्था गर्नु पर्छ। नरसिंह स्टेशन पनि सामान्य वार्ड भन्दा फरक खालको बनाउनु पर्छ।
मुलुकको सबै भन्दा जेठो वीर अस्पतालले यस्तो समस्याहरु झेल्दै छ।

वीर अस्पतालका कोभिड फोकल पर्सन डाक्टर अच्युत राज कार्कीका अनुसार, ”अस्पतालले ६ वटा वार्ड कोभिड १९ को लागि छुट्याएको छ।
मानव संसाधनको अभावका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८० जना स्टाफ नर्सहरु र २४ जना चिकित्सा अधिकारीहरुको माग गरेका छौं ।हाल १ हजार २ सय जति कर्मचारीहरुले अस्पतालको भार उठाइरहेका छन् जो कोभिडको लागि पर्याप्त छैन।”

”अस्पतालमा कार्यरत चिकित्सकहरुमा संक्रमण देखिए पछि २१/२२ दिन सम्म अस्पतालको काम प्रभावित हुदै गएको छ। पुरानो अस्पताललाई कोभिड–१९ पूर्वाधार बनाउन गाह्रो छ । सरकारले कोभिड–१९ भता दिने भने पनि अहिले सम्म आफुहरु भत्ता नपाएको ” उहाँले बताउनुभयो ।

अस्पतालको बेड क्षमता ४ सय ६० भए पनि अहिले १ सय ३० देखि १ सय ४० जना कोरोना संक्रमितको मात्रै उपचार गर्न सकिएको, कार्कीले बताउनु भयो।

” ४ सय ६० वटा नै बेड राख्दा आवश्यक भौतिक दुरी कार्यम गर्न सकिदैन। त्यसैले लगभग २ सय बेड मात्र राख्न सकेका छौ ।अस्पतालमा अझै १ सय बेड थप्न सकिने भए पनि पूर्वाधार पुग्दैन। हामीसगँ तीन ओटा भवन छ जस मध्ये दुई ओटा भवन जोडिएको छ । एउटा भवन छुटै छ त्यहाँ कोभिडकै मात्रै र नियमित डायलिसिस चलाइरहेका छौं । अर्को दुई ओटा भवनमा ओपिडी छ तर संचालानामा छैन्।
हाम्रो छुट्टै ठूलो सर्जिकल भवन बन्दै छ । कुल पाँच तल्ला र पाँच सय बेडको त्यो भवन अबको तीन महिनामा तयार हुन्। त्यसपछि चाँहि हामीलाई बेडको खाचो नहोला ” , उहाँले जानकारी दिनुभयो ।

विक्रम सम्बत १९४७ मा स्थापित वीर अस्पतालका भवन र पूर्वाधारहरु पुराना छन् तर बिरामीको चाप भने बढ्दो छ । यसले अस्पतालको
कोरोना उपचार कार्यमा मुख्य बाधा पारेको छ । दशैंको बेला बिरामीहरु आउने कम भएको थियो तर अहिले फेरी चाप बढ्न थालेको छ ।

अस्पतालले आफु कहाँ आउने अधिकांश गरिब वर्गका बिरामीको पीसीआर परीक्षण तथा अन्य उपचार नि:शुल्क गर्ने भएका कारण पनि चुनौती थपिएको जानकारी कार्कीले दिनु भयो।

”हाम्रोमा आर्थिक अवस्था कमजोर भएका बिरामीहरु नै धेरै आउने गरेका छन् तरपनि हामीले बिरामीहरुको अवस्था बारे बुझि नसक्नेलाई नि:शुल्क उपचार गरिरहेका छौ।”, उहाँले बताउनुभयो ।

यसै बिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना सम्बन्धि पत्रकार सम्मेलनमा, “कोरोना संक्रमितको उपचार गर्न धरौटी लिने अस्पताललाई धरौटि नलिन निर्देशन समेत दिइएको” जानकारी दिनु भएको थियो। सरकारी अस्पतालको हकमा भने स्पष्टिकरण सम्म मागी सकेको “सक्नेसंग पैसा लिइने र नसक्नेको उपचार निःशुल्क गरिने” सरकारी नीति कायम रहेको समेत उहाँले बताउनु भएको थियो।