राष्ट्रिय क्रिकेट टिमको अभ्यास मङ्सिर १० देखि

रुबिना क्षेत्रीको बाध्यता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जय यादव । कार्तिक २० ।

काठमान्डौ। कोरोनाको कारण स्थगित रहेको राष्ट्रिय क्रिकेट टिमको अभ्यास सुरु हुने भएको छ। राष्ट्रिय पुरुष क्रिकेट टिमको अभ्यास मङ्सिर १० गते देखि सुरु हुने क्रिकेट एसोसिएशन अफ नेपालका अध्यक्ष चतुर बहादुर चन्दले बताउनु भयो।
घामछायाँ संगको फोन सम्पर्कमा कुराकानी गर्नु हुदै अध्यक्ष चन्दले ”हिजो मात्रै राष्ट्रिय खेलकुद परिषदले अनुमति दिइसकेको” बताउनु भयो।

”राष्ट्रिय खेलकुद परिषदलाई पटक पटक गर्दै आएको अनुरोधलाई अन्तत ;राखेपले अनुमति दिए पछि अभ्यास सुरु गर्ने तर्फ लागिपरेको” उहाँले बताउनु भयो।

”हाललाई पुरुष टिमको मात्रै अभ्यास सुरु गर्न लागिएको छ।” उहाँले स्पष्ट पार्नु भयो।
उहाँका अनुसार ,”आगामी वर्ष पुरुष क्रिकेट टिमको अन्तराष्ट्रिय प्रतियोगिता सुरु हुने भएकोले अभ्यास सुरु गर्न लागिएको हो।

मङ्सिर मै सुरु गर्न भनिएको प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगिता हाललाई स्थगित गरिएको छ। जसकारण पनि महिला क्रिकेट टिमलाई अभ्यासको मौका जुर्न चुकेको हो।
महिला क्रिकेटको लागि उपयुक्त अवसर मानिएको प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगिता भने चैत यता नहुने सम्भावना देखिन्छ।

”राष्ट्रिय खेलकुद परिषदले निकासा गर्नु पर्ने रकम समयमा निकासा नगरेकोले तय गरिएको मितिमा संचालनको सम्भावना नरहेको” चन्दले बताउनु भयो।

रुबिना क्षेत्रीको बाध्यता —
नेपाली महिला क्रिकेट टिमकी क्याप्टेन रुबिना क्षेत्रीको अभ्यास लगभग बन्द भएको छ। झापा जिल्लाको काकडभिटा स्थित मिलन क्रिकेट एकेडेमीलाई क्वारेन्टाइन बनाइदिदा उहाँको दैनिकी अभ्यास नै लगभग बन्द भएको छ।

”सिमा-नाका भएको यस क्षेत्रमा पछिलो समय कोरोना संक्रमित बढेकोले एकेडेमीलाई क्वारेन्टाइन बनाइएको छ। ” रुबिनाले घामछायाँलाई बताउनु भयो।
”अभ्यास बन्द भएको र एकेडेमीको विकल्प नरहेकोले दैनिकी अभ्यास पहिलाको तुलनामा १० प्रतिशत मात्रै हुन् सकेको ” उहाँले बताउनु भयो

महिला क्रिकेट टिमको अभ्यास सुरु गर्ने विषयमा भने क्यान संग समन्वय हुन् नसकेको उहाँले बताउनुहुन्छ। ”खेल तालिका सहितको वार्षिक क्यालेन्डर समेत क्यानले अहिले सम्म दिएको छैन। ” क्षेत्रीले बताउनु भयो।
८/९ महिना देखि अभ्यास बन्द रहेकोले खेलाडीको रिद्यम फर्काउन निकै गाह्रो हुने कुरा बताउनु भयो।

”प्रतियोगिता भन्दा १ महिना पहिले मात्रै थाहा पाउने हुदाँ अभ्यास गर्न पर्याप्त समय नमिल्ने”,गुनासो क्षेत्रीले गर्नु भयो।