२४ घण्टामा साढे ५ लाख बढि सक्रमित थपिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक २०। काठमान्डौ।
विश्व भरि कोरोना संक्रमितको संख्या हरेक २४ घन्टामा ५ लाख भन्दा बढिले थपिदै गएको छ। कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गर्ने आधिकारिक मानिएको वर्ल्डोमिटरको विवरण अनुसार हरेक २४ घण्टामा संक्रमित संख्या ५ लाख बढीले थपिदै गएको छ।
वर्ल्डोमिटरका अनुसार पछिलो २४ घण्टामा मात्रै साढे ५ लाख भन्दा अधिक संक्रमित थपिएका हुन्।

गत २४ घन्टामा विश्वभर ५ लाख ६० हजार ९ सय २९ जना नयाँ संक्रमित थपिएका हुन्। यो निको हुनेहरुको संख्या भन्दा झन्डै दोब्बर हो। पछिलो २४ घण्टामा २ लाख ४७ हजार २५ जना संक्रमितहरु निको भएका हुन्। यो संगै विश्वभर कुल संक्रमित हुनेहरुको संख्या ४ करोड ८३ लाख ८८ हजार ७ सय ४४ जना पुगेको छ। भने निको हुनेहरुको संख्या ३ करोड ४६ लाख ३३ हजार ६ सय ८६ पुगेको हो।
हिजो बुधबार पनि विश्वभरि ५ लाख १८ हजार २ सय ५ जना संक्रमित थपिएका थिए।

यता नेपालमा पनि संक्रमितहरुको संख्या पौने २ लाख पार भएको छ। गत २४ घण्टामा नेपालमा ३ हजार ३ सय ९ जना नयाँ संक्रमित थपिए संगै नेपालमा कुल संक्रमित संख्या १ लाख ८२ हजार ९ सय २३ भएको छ।

विश्वभर कोरोना :

संक्रमित: ४ करोड ८३ लाख ८८ हजार ७ सय ४४

निको भएका : ३ करोड ४६ लाख ३३ हजार ६ सय ८६

मृत्यु :१२ लाख २९ हजार ५ सय ६४

 

नेपाल

कुल पोजेटिभ ===१ लाख ८२ हजार ९ सय २३
डिस्चार्जड केस — १ लाख ४४ हजार ९ सय ७८
मृत्यु —1 हजार ३४
पिसिआर परिक्षण -१४ लाख ९४ हजार १ सय २२
सक्रिय संक्रमित संख्या – ३६ हजार ९ सय ११
आइसोलेशन — ३६ हजार ९ सय ११
क्वारेण्टीन —-१ हजार ३ सय ५

स्रोत: वर्डोमिटर्स