कतिदिन धान फल्ला र हेरौं काठमाडौंमा अब
पनातीलाई देखाउन यसको फोटो खिर्चौ सब
नेपाल कृषि अनुसन्धान परिषद(नार्क)का तत्कालिन प्रवक्ता एवं धानविज्ञ भोला मानसिंह बस्नेत भन्नुहुन्थ्यो, ”देशभरको उत्पादकत्व प्रति युनिट २ क्वीन्टल छ भने काठमाडौं उपत्यकामा ४ क्वीन्टल, उपत्यकाभित्र पनि भक्तपुरमा ६ क्विन्टल” । तर अब कति दिन धान फलेको देखिएला र काठमाडौंमा ?
सर्वज्ञातकुरा हो की कान्तिपुरीका धान खेतहरु घरले ढाकेर सकिन लागिसक्यो । गोंगबु जस्ता धान उत्पादनसँग जोडिएका ठाउँको नाम मात्रै छ ।
अलिअलि धान खेतका लहर देखिने काँठ क्षेत्र पनि अब भरिँदैछ । घर बनाएरै खेत भरिने क्रमलाई तरकारी, कुखुरा वा गाई फार्मका लागि खेत ढाक्ने कामले थप तिब्रता दिएको छ । वर्षभरी खेतमै व्यस्त हुने किसानको पछिल्लो पुस्ता अब भएको खेत पनि तरकारी खेती गर्नेहरुलाई भाडामा दिएर बजारबाट चामल किन्न थालेका छन् । अहिले भित्रयाइने देशको प्रमुख बाली धानलाई विभिन्न फार्मले क्रमशः विस्थापित गर्दै जान थालेका देखिन्छन् ।
सामाजिक जीवनको यो महत्वपूर्ण बदलावलाई घामछायाँले यो भिडियो रिर्पोटमार्फत पेश गर्दै छ ।
हेरौं : धान भर्सेज फार्म
प्रतिक्रिया