काठमाडौं : राजधानीको खुल्लामञ्च प्रांगणमा करिब दुई सय दिनदेखि गर्न थालिएको निःशुल्क खानाका लागि उपयुुुक्त विकल्प खोज्न काठमाडौ महानगर र अभियन्ता सहमत भएका छन।
लकडाउन प्रभावित विपन्न लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमका अभियन्ता र काठमाडौं महानगरपालिकाको नेतृत्वबीच आज साँझ यस्तो सहमति भएको हो ।
“महानगरले पार्टी प्यालेस वा अन्य कुनै स्थानमा व्यवस्थित तरिकाले खाना खुवाउन अनुरोध गरे पनि हामीले तत्काल त्यस्तो व्यवस्था गर्न नसक्ने भएकोले तिहारसम्मको समय मागेका छौ” खाना वितरणमा संलग्न संस्था गोसिप नेपालका अध्यक्ष मेजन नाम्दोंगले बताउनुभयो । यसबारे बुझ्दा महानगर स्रोतले यस्बारे आगामी एक दुई दिनमा थप छ्ल्फल हुने बतायो ।

तिहारपछि यस विषयमा पुनः बैठक बसी थप निर्णय गरिने जानकारी पनि नाम्दोंगले दिनुभयो ।
बैठकमा महानगर प्रमुख विद्या सुन्दर शाक्य तथा निशुल्क खाना वितरण गरिरहेका गोसिप नेपाल, हाम्रो टिम नेपाल, मानवी क्रियटिभका र हन्डेड्रस् गु्रप नेपालका प्रतिनिधिहरुको सहभागिता थियो ।
यसअघि खुल्लामञ्चमा खाना खुवाउँदा फोहर र अशोभनीय भएको भन्दै महानगरले स्थान परिवर्तन गर्न आग्रह गरेको थियो । यसबारे नकारात्मक टिप्पणी भएपछि महानगरले बुधबार पत्रकार सम्मेलन नै गरी यसबारे प्रष्ट पारेको थियो ।
प्रतिक्रिया