थपिए ३ हजार बढि संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितहुनेहरुको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ भने १ हजार ३ सय ५ जना क्वारेन्टिनमा छन्।