कार्तिक १९,काठमान्डौ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई कोरोना भएको ब्यापक हल्ला भएको छ। सामाजिक संजाल तथा विभिन्न स्थानिय संचार माध्यमहरुबाट राउतलाई कोरोना पोजेटिभ भएको भन्दै हल्ला फैलिएको हो, यद्यपी संक्रमणको आशंका मात्रै भएको उहाँका स्वकीय सचिव दिपक यादवले घामछायाँ संगको फोन सम्पर्कमा ”केहि लक्षण देखिए पनि कोरोना पोजेटिभ भने नभएको”, बताउनु भयो।
”गत कार्तिक २ गते पार्टी बैठकको लागि काठमान्डौ जानु भएका राउत ८ गते जनकपुर फर्किनु भएको थियो ”,यादवले भन्नु भयो।
उहाँका अनुसार ,” मुख्यमन्त्रीलाई रुघा खोकी मात्रै लागेको हो ,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ”
काठमान्डौबाट फर्किए देखि नै रुघा लागे पनि अहिले सम्म पनि कोरोना परिक्षण भने नगरिएको यादवले बताउनु भयो।
”भेटघाटमा विशेष सावधानी अपनाउनु भएका मुख्यमन्त्री राउतको कोरोना परिक्षण भोलि गराइने तयारी रहेको ” यादवले जानकारी दिनु भयो।
प्रतिक्रिया