तेह्रवर्षमा फर्कियो खोलो, मस्त्यनारायणमा पलायो मूहान (भिडियो रिपोर्ट)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एक दशकसम्म पानी सुकेपछि तीनवर्षअघि नजिकको छोपखोलामा बाट पानी बोरिन गरि पानी ल्याएर हाल्ने तयारी गरिँदै

काठमाडौँ  १२ वर्षमा खोलो फर्किने उखानलाई १३ वर्षमा चरितार्थ गर्दै मत्स्यनारायण कुण्डमा। सुकेको मूहान फेरि पलाएको छ । अहिले चन्द्रागिरी नगरपालिका ९ मा पर्ने मत्स्यनारायण मन्दिर पोखरीको बिचमा रहेको छ । उक्त पोखरी करिब १३ वर्षअघि सुकेको थियो । एक दशकसम्म पनि पानी नपलाए पछि तीेन वर्षअघि अन्यत्रैबाट पानी ल्याइ पोखरीमा हालिएको थियो । त्यसरी हाल्दा हालेको केहीे दिन मै हरियो हुने र लेउ जम्ने गरेको थियो । अहिले मूहान पलाएपछि पोखरीको स्वरुप नै फेरिएको छ । पुरै जलाशय सफा पानीले भरिएको छ ।
हरेक वर्ष वर्षायाम सकिने बेलामा पलाउन सुरु भइ फागुन चैतसम्म पलाउने पान त्यस क्षेत्रका किसानका लागि हिँउदे बालीको सिंचाई स्रोत् समेत हो ।
मूहान पलाएपछि त्यस क्षेत्रका बासिन्दा निकै उत्साहित भएका छन् । मन्दिर दर्शन गर्न आउने भक्त जनहरुले भने यसलाई दैवि शक्तिका सत्य प्रकट भएको घटनाको रुपमा लिएका छन् ।
यसैबारेको यो भिडियो हेर्नुहोस्