पार्टी प्यालेसमा खाना खुवाउनुस् ; महानगरले तिर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कार्तिक १९,काठमान्डौ।
असहायलाई खान खुवाने कार्यमा काठमान्डौ महानगरपालिकाको कुनै वैरभाव नरहेको काठमान्डौका मेयर विद्या सुन्दर शाक्यले बताउनु भएको छ। आज महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुदै उहाँले यसो बताउनु भएको हो।
‘यस्ता खाले सामाजिक कार्य गरि रहंदा सार्वजनिक स्थलहरुमाको फोहोर,धुलोधुंवा र भिडभाडका बीच स्वास्थ्य सम्बन्धि मापदण्डलाइ ध्यानमा राखी गर्दा महानगरको कुनै आपति नरहेको’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘कुनै पनि मानवीय सेवा यदि स्वच्छ भव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपुर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक हुन् ‘, विज्ञप्तिमा भनिएको छ।

”खाना खुवाउने कार्यमा पनि स्वास्थ्य सम्बन्धि सामान्य मापदण्ड समेत पुरा नगरेको भन्दै जनासमुदायबाट नै गुनासो आउँ थाले पछि महानगरको गम्भीर ध्यानाकर्षण भएको हो ‘ विज्ञप्तिबाटै जनाइएको छ।

लकडाउन अवधि भरि महानगरले यस्ता कार्यहरुमा सक्रिय नै रहेको कुरा स्मरण गराउदै अस्वस्थ्य र अव्यवस्थित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न महानगरले विगप्ति मार्फत नै अनुरोध गरेको हो।

 

लकडाउन अवधिमा काठमाडौ महानगरपालिकाले ३२ वटै वडा मार्फत ” भोकै कोहि पर्दैन,भोकले कोहि मर्दैन” भन्ने मुल नाराका साथ् १ लाख ५० हजार भन्दा बढि परिवारलाई राहत वितरण गरेको साथै अढाइ लाख बढीलाई खाना खुवाउने कार्य गरेको जानकारी समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।