निर्माणाधीन धरहरा यसै साता १८ तला अग्लो हुँदैछ । पुननिर्माण कार्यमा युरोपियन युनियनको प्राविधिक सहयोग अन्तर्गत राष्टिय पुनर्निर्माण प्राधिकरणमा विशेषज्ञको रुपमा कार्यरत राजुमान मानन्धर भन्नुहुन्छ, “अब चार अर्थात् दुई रिंग र त्यसपछि गजुर।”
भुकम्पको धक्काबाट नेपाली समाज उठेको सन्देश दिने धरहराको पुनर्निर्माणले यसरी गति लिएको छ । सँग सँगै धरहराको २४ फिट लामो गजुरको मर्मतसमेत चलिरहेको छ । साथै तीन तले बेसमेन्ट, पुरानो धरहरा सहितको संग्रहालय, पहिले टक्सार रहेको स्थानमा रहने मुद्रासम्बन्धी संग्रहालय भवनका लागि जग हाल्ने काम पनि सँग सँगै भइरहेको छ ।
धरहरा पुनर्निर्माणको यही लयलाई घामछायाँका विभूषण दाहालले भिडियोमा उतारेका छन् ।
प्रतिक्रिया