काठमान्डौ। गत २४ घण्टामा २० जना कोरोना संक्रमितहरुको मृत्यु भए पछि देशमा कोभिड १९ बाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार गत २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस अवधिमा ११ हजार १ सय ६६ जनाको पिसिआर परिक्षण गरिएको थियो।
यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।
यसै अवधिमा संक्रमणबाट मुक्त भइ डिस्चार्ज हुनेको संख्या आज संक्रमित हुनेको भन्दा केहि बढि अर्थात ३ हजार १ सय ४२ रहेको छ। यो सङ्गै नेपालमा अहिलेसम्म १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमणको ७८.६ प्रतिशत हो।
संक्रमित मध्ये देश भर गरि कुल ३७ हजार ४ सय ७६ जना आइसोलेशनमा छन् भने क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २ सय ७७ पुगेको छ।
प्रतिक्रिया