कात्तिक १८ ,पर्सा ।
कोरोनाको संक्रमण कायमै रहे पनि वीरगञ्जका विद्यालयहरु सञ्चालन गरिने भएको छ ।
वीरगञ्ज महानगरपालिका कार्यालयले नगरमा गत १६ गते महानगरका विद्यालयहरुलाई गत आइतबारदेखि पठनपाठन सुरु गर्ने निर्देशन दिएपछि विद्यालयहरुले कक्षा सञ्चालन आउने भएका हुन् । यो निर्णय अनुसार विद्यालयका सबै कक्षा नभई मात्र कक्षाआठदेखि कक्षा १२ सम्म मात्र सञ्चालन हुनेछन् । कक्षाहरुमा एक बेन्चमा दुई जना विद्यार्थी मात्र राखिने पनि निर्णयमा उल्लेख छ ।
नगरभित्र रहेका निजि विद्यालयहरुले भने बिहीबारदेखि नै पठनपाठन सुरु गरिसकेका छन् ।
वीरगञ्ज महानगरपालिका कार्यालयमा आइतबार वीरगञ्ज भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बीच भएको छलफलका आधारमा यस्तो निर्णय भएको नगरप्रमुख विजयकुमार सरावगीले घामछायाँलाई फोन सम्पर्कमा बताउनु भयो।
तर विद्यालयमा विद्यार्थीलाई उपस्थित गराउनका लागि उनीहरुको अभिभावकको हस्ताक्षर सहितको स्वीकृति पत्र अनिवार्य छ र उहाँले स्पष्ट पार्नु भयो।
पूर्व तयारी भएको र सक्षम रहेको विद्यालयहरुलाई मंगलबारबाटै कक्षा सूचारु गर्न निर्देशन दिएका छौुुं बाँकीलाई तयारी गर्न शुक्रबारसम्मको समय दिइएको छ । अगामी आईतबारबाट सम्पूर्णलाई विद्यालय खुल्ने छन् र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन सुरु हुनेछ।, नगरप्रमुख सरावगीले भन्नु भयो।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई कडा रुपले पालना गर्नुपर्ने विद्यालयहरुलाई निर्देशन दिइएको छ।
साबुन पानीले हात धुने, मास्क, पञ्जा, सेनीटाईजरको व्यवस्था गर्न, भौतिक दुरीसम्बन्धी नियम पालन गर्न कडा रुपले निर्देशन दिएका छौं, उहाँले भन्नु भयो ।
लामो समय विद्यालय बन्द हुँदा आफ्ना बालबालिकामा पढाइप्रति रुची घटने मात्र नभइ कुसंगतमा समेत पर्न जाने गुनासो अभिभावकहरुबाटै आउन थाले पछि विद्यालय संचालन गर्ने बारे तयारीमा लागेको सरावगीले बताउनु भयो
मापदण्ड पूरा गर्ने क्रममा आवश्यक पर्ने थर्मल गन, साबुन, मास्क, सेनीटाईजर जस्ता स्वास्थ्य सामाग्रीको सम्पूर्ण व्यवस्थापन वीरगञ्ज महानगरपालिकाले गर्ने कर्णले जिम्मा लिएको श्री नेपाल राष्ट्रय विद्यापिठ विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवालले बताउनु भयो ।
प्रतिक्रिया