काठमान्डौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या करिब हजार पुगेको छ। गत २४ घण्टामा थप २४ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ सय ८४ पुगेको हो।
नेपालमा गत २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गत २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबरमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३७ हजार ५ सय २४ (२१. २ %) रहेको छ ।
देश भर ३७ हजार ५ सय २४ जना आइसोलेशनमा छन् भने क्वारेन्टाइनमा रहनेको संख्या २ हजार १ सय १९ पुगेको छ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ५० रहेको छ । निको हुने दर ७८.२ प्रतिशत रहेको छ।
यो सङ्गै नेपालमा अहिलेसम्म १ लाख ३७ हजार ९ सय ९२ जना संक्रमणबाट मुक्त भएका छन् ।
प्रतिक्रिया