१६ कार्तिक। काठमान्डौ।
कोरोना संक्रमितको तथ्यांक सरकारले लुकाएको आरोप बिभिन्न संचारमा माध्यममा आएपछि मन्त्रालयले यसबारे छानबिन गर्न समिती गठन गरेको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले , ”कार्तिक २ गते नै संक्रमितको संख्या पता लगाउन ३ सदसीय समिति गठन भइसकेको” बताउनु भयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धि पत्रकार सम्मेलनमा बोल्नु हुदै ,”समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव,इपिडोमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका महाशाखा प्रमुख र सिसिएमसीका एक जना चिकित्सक रहनु भएको” बताउनु भयो।
साथै उहाँले ”संक्रमित भइ होम आइसोलेशनमा रहनु भएकाहरुको लागि सर,सल्लाह,रेखदेख,रेफर गर्ने लगायतका कार्य ७ सय ५३ वटै पालिकाको जिम्मा दिइएको ” बताउनु भयो।
”कोरोना संक्रमितको उपचार गर्न धरौटी लिने अस्पताललाई धरौटि नलिने निर्देशन समेत दिइएको” उहाँले जानकारी दिनु भयो।
सरकारी अस्पतालको हकमा भने स्पष्टिकरण सम्म मागी सकेको उहाँले स्पष्ट गर्नु भयो।
”सक्ने संग पैसा लिने र नसक्नेलाई नि:शुल्क उपचार गर्ने” कुरालाई फेरी दोहोर्याउनु भयो।
प्रतिक्रिया