कुल संक्रमणको झन्डै आधा काठमान्डौमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमान्डौ ।   नेपालमा गत २४ घन्टामा  २ हजार ८ सय २४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

गत २४ घण्टामा १३ हजार २३ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबरमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ (२१. ८ %) रहेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ६ सय २० रहेको छ । निको हुने दर ७७.७ प्रतिशत रहेको छ।

यो सङ्गै नेपालमा अहिलेसम्म १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।

गत २४ घण्टामा २३ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ सय ६० पुगेको छ ।