१६ कार्तिक, काठमाडौं । बहुप्रतिक्षित रानीपोखरी उद्घाटन भएको पछि त्यहा पुग्नु भएको छ? छ भने पानीको रङ्ग याद गर्नुहोस् । सुरुका दिन भन्दा यो गाढा हरियो हुँदैछ । किनारमा त पानीमा लेऊ जम्दै छ | मल्लकालीन धरोहर पाँच वर्षपछि पुरानो स्वरुपमा आउँदा दङ्गदास परेका सम्पदा प्रेमीहरु अब अर्को चिन्तनमा लागेका छन् ,”पानी कसरि स्वच्छ राख्ने? यो चिन्ताको एउटै कारण हो, वरिपरिका ठाँउलाई समेत समेटेर जुन सुन्दर रानिपोखरीको परिकल्पना गरिएको छ, त्यसमा पहिलो बाधा नै धेरै दिन जमेको फोहोर पानी हुने देखिएको छ । पोखरी पुनर्निर्माण गरेर हस्तान्तरण गर्ने पर्खाइमा रहेको पुनर्निर्माण प्राधिकरण र लिने तयारीमा रहेको काठमाडौ महानगरपालिकाबिच यहि विषयमा छलफल हुँदैछ।
यस विषय लाइ नजि बाट हेेेेरिरहेका विजयप्रसाद मिश्रका अनुसार लेऊ निकाल्ने वा फेरी लेऊ लाग्न नदिनका लागि पानीलाई नियमित रुपमा परिवर्तन गरिरहने वा भएकै पानीलाई सफा गर्ने उपायहरुको अवलम्बन गर्न सकिन्छ ।
“पानी फेर्नने जस्तो तुरुन्त गर्नु पर्ने काममा पनि टेण्डरको प्रक्रिया अपनाउनु पर्ने सरकारी नियमले लामो समय लोभ लाग्ने भएकाले पानी साफ गर्ने कुरा वा पानी परिवर्तन गर्ने कुरा मध्ये जे हुन्छ त्यसका लागि नियमित कर्मचारीको व्यवस्था गर्न सकिन्छ” उहाँले बताउनुभयो । उहाँ का अनुसार पोखरीमा आकर्षक माछाहरु पाल्ने र पोखरी घुम्न आउनेहरुलाई माछासंग रमाउने व्यवस्थापन गर्ने काम पनि उत्तिकै आवश्यक छ । यो कामका लागि जलकुम्बी वा लेऊलाई नियमित रुपमा हटाउने र पानी सफा गर्ने उपायहरु अवलम्बन गर्दा राम्रो हुन्छ । पानी फेरिराख्नु भन्दा भएको पानी सफा गर्ने व्यवस्था मिलाउनु पर्दछ उहाँले बताउनुभयो ।
केही बर्ष पछि पानी फेर्ने पनि व्यवस्था गर्नु पर्दछ । पानीमा देखिने खरावी, पानीको गुणस्तर आदिका बारेमा जानकारहरुबाट पानी परीक्षण गर्न लगाएर कहाँको पानी ल्याइयो भने त्यो धेरै दिनसम्म सफा रहन्छ भन्ने बुझेर ल्याउनु पर्दछ ।
“जस्तै भारतको बनारस क्षेत्रको पानी जसलाई हामी गंगाजल भनेर प्रयोग गर्दछौं, त्यो पानी कहिल्यै विग्रदैन भन्ने मान्यता छ” । भारतमा अंग्रेजले शासन गर्दा बनारसको पानी बेलायतसम्म लाने गरेका थिए । त्यो पानीको खुबी के हो त ? यस्तै नेपालको कुनै भागमा राम्रो पानी हुनसक्छ । कुन पानी सबैभन्दा राम्रो हो त्यसलाई एकपटकको लागि ल्याएर रानी पोखरीमा हाल्नु पर्दछ । पानी हाल्ने ठेक्का पाएकाले त नजिक जुन पानी सित्तैमा पाइन्छ त्यही ल्याएर हाली दिए होलान ।
अब रानीपोखरी नेपालकै मुटुमा पर्ने, पर्यटक र नेपालीहरुको लागि एउटा गन्तव्य भएकोले यहाँ पानी राख्दा धेरै सोच विचार गरेर क्वालिटीको पानी राख्नु पर्दछ । लेऊ नलाग्ने पानी पनि पाइन्छ । त्यो हाल्न सकिन्छ उहाँले बताउनुभयो ।
प्रतिक्रिया