काठमान्डौ । नेपालमा गत २४ घन्टामा २ हजार ५ सय ८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गत २४ घण्टामा ९ हजार २ सय ७९ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबरमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ (२२. ६ %) रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ६४ रहेको छ । निको हुने दर ७६.९ प्रतिशत रहेको छ।
यो सङ्गै नेपालमा अहिलेसम्म १ लाख ३१ हजार २ सय २२ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हाल आइसोलेशानामा रहनेहरुको संख्या ३८ हजार ५ सय ८४ रहेको छ भने २ हजार ४ सय १० जना क्वारेन्टाइनमा रहेका छन्।
गत २४ घण्टामा १७ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ सय ३७ पुगेको छ ।
प्रतिक्रिया