आफ्नो लागि छोरा मात्र र छोराका लागि आफू मात्र; आकाशेपुल मुनी बास बसेर मजदुरी गर्दै एक दिन सटरमा पसल खोल्ने लक्ष्य साँधिरहेका छन् ईश्वर गुरुङ ।
काठमाडौं । विगत चार वर्षदेखि राजधानीको पुरानो बसपार्कमा मजदुरी गर्दै आएका लमजुगका ३० वर्षीया ईश्वर गुरुङ आजभोली खुलामञ्चमा निःशुल्क भोजन र त्यो ठाउँको सरसफाई गर्दै वितिरहेको छ ।
चरम आर्थिक समस्याबाट उम्किन भौंतारिँदै चार वर्षअघि काठमाडौ आएका उनी सुरुमा क्याटिरिङमा वेटर र सिजन नहुँदा ज्यामी काम गरेर निर्वाह गरिरहेका थिए । कोरोना महामारीपछि कामको ठेगान नभएपछि खुलामञ्चमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइने ठाउँमै उनको समय वित्न थालेको हो ।
पाँच वर्षअघि २०७२ मा गएको विनाशकारी भूकम्पमा बाबुआमा र पत्नी समेत गुमाएका थिए ईश्वरले । एक मात्र सानो छोरालाई उनको साथ छोडेर वितेका बाबु आमा र पत्नीको यादले घरी घरी विथोल्छ उनलाई । अहिले त्यही छोरा पनि फ्रान्सका एक प्रायोजकको छात्रवृत्तिमा पढनका लागि होस्टेलमा बसेको छ ।
लकडाउनका बेला जीवन धान्नै मुस्किल परेका बेला डेरा कहाँ पाउनु ? “दिनमा दुई पटक सफा गर्नुपर्ने” सर्तमा बसपार्क नजिकैको आकाशैपुलमा रहेको शौचालयको माथिल्लो भागमा बास पाएका छन् उनले । “तर त्यहाँ पनि पानी पर्दा उभिएर विताउनु पर्छ ।
कोरोना महामारीका कारण रोजीरोटी गुमाएकाहरुलाई खुलामञ्चमा निःशुल्क खाना खुवाउन थालियो । त्यहाँ सामेल भइरहँदा खाना खुवाइने ठाउँमा सरसफाइ काम गर्न उनले चासो देखाए र निःशुल्क खाना खुवाउने अभियन्ताहरुसगँ कुरा गरेर सरसफाइको जिम्मा लिए ।
“काम गर्दा जहाँ पनि जोखिम हुन्छ, सरसफाइ काम गर्ने कम्रमा निकै दुःख सहनु परेको, पिटाइ पनि धेरैको खाएँ । काम सुरु गरेको दुई महिना त डराउदै गर्नु काम गर्नु पथियो त्यस पछि सबै जनाले यो भाइ राम्रो काम गर्छ, राम्रो छ भनेपछि भने काम गर्न सजिलो हुर्दै आयो”, उनको अनुभव ।
जे जस्तो दुःख परे पनि अभियन्ताहरुबाट पाएको सानो रकमबाट एउटा सानो पसल पनि खोलेका छन् । तर पसल चलाउदा पनि कहिले पैसा चोरी हुने, कहिले पसलमा राखेको सामान सितैंमा लिएर जाने जस्ता दुःख आइपर्छन्, ईश्वर भन्छन्, ‘परिवारमा छोरा मात्रै छ उसको भविष्य सम्झिएर पसल र सरसफाइ काम गर्छु ।’
नगरपालिका सगँ नि डराउदै पसल गर्नु पर्छ, नगरपालिका आयो भने सुने पछि हतार हतार पसल बोकेर भाग्नु पर्छ । सरसफाइ गर्ने समयमा पिटाइ नि धेरै खाए याहाँ किन काम गर्न आएको भन्दै पनि पिटाई खाए । सरसफाइ गर्न पनि आफूले कुचो र डस्टबिन पनि किनेको छु अहिले सम्म कसैले सरसफाइको लागि कुचो र डस्टबिन लिउ भनेर दिएको छैन् ।
विपन्न परिवारका छोरा ईस्वरले अरु बालबलिकाले जसरी पढ्न पाएनन् । कक्षा १० पास भएपछि देखि नै पार्टटाइम काम गर्न प¥यो । सरसफाइ काम गर्न थालेपछि बसपार्क नजिकैको आकाशैपुलमा रहेको शौचालयको माथि बस्दै आएका धेरै रात मज्जाले सुत्न नपाएको ईस्वरले बताउँछन् ।
संक्रमण हुने डर धेरै लाग्यो’, ईस्वर भन्छन्, ‘सुरुदेखि नै सरसफाइको काम गरेँ । पछि त त्यहाँका वरीपरीका व्यक्तिहरुले पनि राम्रो व्यवहार गर्ना थाले पछि अरु काम पनि गर्न थालेँ । किन गर्न थालेँ भने, मैले नगर्दा त्यो काम रोकिने अवस्था हुन्थ्यो ।’
सरसफाइका लागि ईस्वर, राहुल गिरी, समिर कपाली, राजन पुयल र उहाँको टिम छ । सरसफाइ गर्ने, फोहोर व्यवस्थापन गर्ने काम पनि त्यही टिमको हो साथै दिनमा चार पटक सम्म सरसफाइ गछन् ।
जीवनको लक्ष्य अब एउटा सटरमा पसल खोल्न विचार छ परिवारमा कोहि छैन् जम्मा एउटा छोरा छ उसको लागि गर्नु छ ।
प्रतिक्रिया