भिटेनलाइ कानुनी कारवाही : प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जय यादव।
कार्तिक १५ । ” काठमान्डौ। र्यापर भिटेनलाइ नेपालको प्रचलित कानुन अनुसार कारवाही गरिने ” अपराध महाशाखाले जनाएको छ। करिब एक हप्ता अगाडि सार्वजनिक भएको ‘पारा ‘ शिर्षकको म्युजिक भिडियोको र्‍यापमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍यापर भिटेन अर्थात समिर घिसिङको भिडियो अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ।

” आपत्तिजनक शब्द प्रयोग गर्दै महिलाहरुको सम्मानमा ठेस पुगेको भन्दै छानबिन गर्न अपराध महाशाखालाई अनुसन्धान गर्न पत्र पठाइएको ”, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले बताउनु भयो। ” छानबिन गर्दा यस पटक भिटेनले प्रचलित कानुन अनुसार कारवाहीको भागेदार बन्ने पर्छ ” ,अपराध महाशाखाका एसएसपी दीपक थापाले घामछायाँ संग्ग फोन सम्पर्कमा बताउनु भयो।
” भिटेन माथिको यो आरोप दोश्रो पटक हो ,पहिले पनि आफ्नो भिडियोमा नेपाल प्रहरीलाई लक्षित गरि अश्लिल शब्द प्रयोग गरेकोमा विवादमा आइसकेका हुन् ,यस पल्ट भने माफी गल्ति दोहोरिएको छ ”, भन्दै कारवाही गर्ने पर्ने संकेत गर्नु भयो।

यता सामाजिक संजालमा महिला अधिकारवादी सावित्री सुबेदीले, सामाजिक संजाल फेसबुकमा विरोध जनाउनु भएको छ।
” महिलालाई अपमान गरिएको भिडियो प्रतिबन्ध गर्दै भिटेनसहित उक्त भिडियोमा काम गर्ने महिलाहरुलाई पनि कारवाही गर्नुपर्नने’,उहाँले घामछायाँ संगको फोन सम्पर्कमा बताउनु भयो।

यता ‘पारा’ प्रतिको प्रहरीको पाराले ले नेपाली चलचित्र क्षेत्रको पनि पारा तताएको छ।

” र्याप भनेको कुनै पनि विषयको विरोद्ध गर्न, फ़्रस्टेशन ,डीप्रेशन र भडास आदि असहमतिहरु ब्यक्त गर्ने माध्यम भएको तर भिटेनले उक्त माध्यमको अनुचित प्रयोग गरेको ” गीतकार डिपी खनाल बताउनु हुन्छ।

” य़ूट्य़ुबलाइ तिर्नु पर्ने रोयाल्टि रकमको विषयमा सरकार चुकेकोले युट्युब प्रतिको अधिकार गुमाइसकेकोले आभास गर्न सकिन्छ , उक्त भिडियो युट्य़ूबमा सहजी उपलब्ध रहेकोले भिटेनलाइ खोज्नु भन्दा युट्य़ुबमा आफ्नो अधिकार कायम गराउन तर्फ सरकार लागेको भए दिर्घकालिन उपलब्धि हुन् सक्ने ”,खनालले बताउनु भयो।

 

 

” नेपाली चलचित्र क्षेत्रमा जस्तै म्युजिक भिडियोमा पनि सेन्सर गर्ने निकाय नभएकोले यस्तो घट्ना हुने गरेको हो , अझै म्युजिक भिडियोमा सेल्फ सेन्सरशिप आवस्यक हुनेगरेको तर भिटेनको भिडियोमा सेल्फ सेन्सरशिप नदेखिएको, ” चलचित्र पत्रकार अनुप भट्टराइले बताउनु भयो।

    भिटेन म्युजिक नाम भएको युट्युब अकाउण्ट बाट अक्टोबर २४,२०२० मा अपलोड भएको ‘पारा ‘ बोलको म्युजिक भिडीयोमा करिब साढे २ लाख भ्युज रहेको छ।