वि.सं १९०३ कार्तिक शुदी १२ (अक्टोबर ३१ ) गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरूलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोलेपछि जंगबहादुरले आफ्ना दुस्मनको संहार गरे । भण्डारखाल बगैचामा भएको सो घटनालाई भण्डारखाल पर्व भनिन्छ ।
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेका दिन ( अक्टोबर ३१ ) दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो । जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न वीरध्वज बस्नेत स्वयम् गए | जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो । बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए | जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो । प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए । बद्री सिंह भण्डारी भने समातिए।
रानी लक्ष्मीदेवीद्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन । जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए । आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो ।
नोट– भण्डारखाल पर्वको मितिको विषयमा ‘नेपाल इन रेकर्ड ‘नामक पुस्तकमा अंग्रेजी मिति अक्टोबर ३१ लेखिएको भए पनि कक्षा ९ को सामाजिक अध्ययन पाठ्यक्रममा भने कार्तिक १२ गते नै उल्लेख गरिएको छ।
प्रतिक्रिया