शुभप्रभात !! नमो नमः
आज २०७७ कार्तिक १५ ,शनिबार
अक्टोबर ३१ ,२०२०
पूर्णिमा,पुर्णिमा व्रत ,कार्तिकस्नान तथा आकाशदीप दान शुरु।
विश्व शहरीकरण दिवस
आजबाट कार्तिक स्नान प्रारम्भ हुँदैछ ,आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पूर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ । यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।
प्रतिक्रिया