काठमान्डौ । नेपालमा गत २४ घन्टामा एकैदिनमा ३ हजार ५ सय १७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गत २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबरमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ (२२. ८ %) रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ९६ रहेको छ । निको हुने दर ७६.७ प्रतिशत रहेको छ।
यो सङ्गै नेपालमा अहिलेसम्म १ लाख २८ हजार ९ सय ५८ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
गत २४ घण्टामा १६ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ सय २० पुगेको छ ।
प्रतिक्रिया