आज कोजाग्रत ; पूणिर्मा भोली बेलुकसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात !! नमो नमः

आज २०७७ कार्तिक १४ ,शुक्रबार

अक्टोबर ३०,२०२०

कोजाग्रत पूर्णिमा,अखिलवली समाप्त 

आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको भजन भक्ति गरेर वसेका छन् उनिहरुलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको जनाइएको छ । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ ।