थपिए २ हजार ३ सय ६४ संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमान्डौ ।   नेपालमा गत २४ घन्टामा  एकैदिनमा २ हजार ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या१ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ (२३.६ %) रहेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३८ रहेको छ । निको हुने दर ७५.८ प्रतिशत रहेको छ।

यो सङ्गै नेपालमा अहिलेसम्म १ लाख २४ हजार ८ सय ६२ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।

गत २४ घण्टामा १७ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ सय ४ पुगेको छ ।