काठमान्डौ नेपालमा गत २४ घन्टामा एकैदिनमा १ हजार ९ सय ४५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गत २४ घण्टामा ८ हजार २ सय ४५ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ४९ हजार २ सय ९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ८१ रहेको छ । निको हुने दर ७५ प्रतिशत रहेको छ।उहाँका अनुसार काठमाडौं उपत्यकामा कुल ७ सय ४३ जनामा संक्रमण देखिएको छ ।
यो सङ्गै नेपालमा अहिलेसम्म १ लाख २१ हजार ८ सय २४ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हालसम्म २ सय ९० जना आइसियुमा छन र ती मध्ये ७२ जना भेन्टिलेटरमा छन ।
गत २४ घण्टामा २१ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ सय ९१ पुगेको छ ।
प्रतिक्रिया