काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लकडाउनका समयदेखि विभिन्न स्थानमा ज्याला मजदुरी गर्ने विपन्न, अशक्त, असह्य र बिरामीहरुलाई घर घरमै खाद्यान्न तथा नगद सहयोग गरी रहेका छन् ।
उनीहरुले अहिलेसम्म रामहिटी, माकलबारी, अत्तरखेल, शिवचोक, कपन, मूलपानी, गोकर्ण जस्ता विभिन्न स्थानमा यस्तो राहत बितरण गरिसकेका छन् । ूहामीले नारायणटारको नवजिवन केन्द्रमा रहेको बालबालिकालाई पनि खाना ख्वाएसंगै दशैँ मनाएको थियौं । अहिलेसम्म छयासी जनालाई राहत सहयोग गरेका छौं ू।
बौद्धका परोपकारी युवाहरु खेन फुर्वा दोर्जे, छिरिङ गुरुङ र समाजसेवी याङजी लामा योन्जनले जाम्लिङ बौध्द फाउण्डेसनको सहयोगमा ज्याला मजदुरी गर्ने विपन्न, सुत्केरी, अशक्त, असह्य, ज्यालादारी मजदुर जस्ता कोरोना कहरबाट दोहोरो संकटमा परेकाहरुलाई खाद्यान्न वितरण र सहयोग गर्दै आएका छन् ।
उनीहरुले गत महानवमीका दिन पुरानो बसपार्कमा पनि दैनिक ज्यालादारी मजदुर र सडकमानवहरुलाई सोही सँस्थाको सहकार्यमा रत्नपार्कमा दैनिक खाना खुवाउदै आएकोे हाम्रो टिम नेपाललाई खाद्यान्न सहयोग गरेको थियो । जसबाट कुल १० हजार जना आपतमा परेकाहरुलाई खुवाउन सम्भव भएको थियो । आफू पनि बाचौं अरुलाई पनि बचाऔं भन्ने नाराका सो कार्य गदैं आएको छ। राहत दिँदै दसैं मनाउनुको रमाइलो छुटै हुँदो रहेछ । दसैंको बेला आपतमा परेकालाई एक छाक खाना खुवाउन पाउदा पनि खुसी मिलेको उहाँले बताउनुभयो ।
खाना सहयोगका साथै नारायणटारस्थित क्लब मोसेसमा ४२ घर परिवारलाई प्रतिपरिवार चामल १ बोरा, दाल ३ के।जी, तेल १ लिटर, नुन १ पाकेट, तरकारी राहत स्वरुप वितरण गरिएको जानकारी उहाँले दिनुभयो । समाजसेवी दिपक लामा, समाजसेवी धर्म थिङ्ग, समाजसेवी सिता पुरी, लामा धर्म गुरु, राङज्यूङ येशे शेनफेन संस्थाका पदाधिकारीको उपस्थितिमा सो कार्यक्रम भएको थियो।
लकडाउनका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि भएकाले जोपाटी युवा एकता समाजले आकस्मिक रक्तदान कार्यक्रम गरेका थिए । त्यस कार्यक्रममा पनि हामीले रेडक्रस सोसाइटीको प्रविधिक सहयोग संचलान गरिएको सो रक्तदान कार्यक्रममा जुस पानीको व्यवस्थापन गरेका उहाँले बताउनुभयो । साथै सिन्धुपाल्चोक नग्पुजेमा गएको पहिरोका कारण आफन्त गुमाउने पिडित परिवारलाई समेत् रकम् हस्तान्तरण गरेका थियौं हामीले र क्यान्सर पिडितलाई पनि खाद्यान्न सहयोग पनि गरेका थियौं, उहाँले भन्नुभयो ।
प्रतिक्रिया